citizens life insurance long ad
stcnepal long ad

प्रोग्रेसिभ फाइनान्सले २५औं वार्षिक साधारण सभा पुस ३० गते

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडमौं । प्रोग्रेसिभ फाइनान्सले २५औं वार्षिक साधारण सभा पुस ३० गते गर्ने भएको छ । गत पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

कम्पनीले सभा ज्यापू प्रज्ञा भवन भोलगणेश ललितपुरमा दिउँसो १ बजे शुरु हुने जानकारी दिएको छ । सभाले ७ प्रतिशत बोनस शेयर र शुन्य दशमलव ३६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै सभाले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७८र ७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले शेयरधनी दर्ता पुस्तिका पुस १९ गते एक दिन बन्द गर्ने जानकारी दिएको छ । यस आधारमा पुस १८ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

 

IME Life
kumari