citizens life insurance long ad
stcnepal long ad

आज ‘ए’डिभिजन लिगमा दुई खेल हुँदै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको छैठौं चरण अन्तर्गत आज दुई खेलहरु हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा संकटा क्लब र ब्रिगेड ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुनेछ । संकटा र ब्रिगेडबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । आज दुवै टिम तीन अंक जोड्ने योजनामा हुने छन् ।

चौंथो स्थानमा रहेको संकटा ब्रिगेडलाई हराएर शीर्ष तीनमा उक्लने योजनामा हुनेछ । यस्तै, १० औं स्थानमा रहेको ब्रिगेड पनि संकटालाई हराउने योजनामा रहने छ । यस्तै, दोस्रो खेलमा थ्री स्टार क्लब र त्रिभुवन आर्मी क्लब बीच दिउँसो पौने ५ बजे प्रतिस्पर्धा हुँदैछ । यी दुवै टिम पनि तीन अंक जोड्ने योजनामा हुने छन् ।

थ्री स्टारलाई हराएर आर्मी शीर्ष दुई टोलीमा उक्लन चाहन्छ भने थ्री स्टार पनि आर्मीलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ ।

IME Life
kumari