वाणिज्य बैंकहरुको लाभांश ११ को अघिल्लो वर्षभन्दा बढी, १२ को कम
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत सबै २६ वटै वाणिज्य बैंकले आर्थिक वर्ष २०७७/०७८ का लागि लाभांश घोषणा गरेका छन्। यसप टक पनि बैंकहरुले नगद भन्दा सेयर बोनसलाई प्राथमिकता दिएका छन्।
गत आर्थिक वर्षका लागि नबिल बैंक लि।ले सबैभन्दा धेरै ३८ प्रतिशत लाभांश घोषणा गरेको छ। यो बैंकले अघिल्लो वर्षको तुलनामा धेरै लाभांश घोषणा गरेको हो।
अघिल्लो वर्षको तुलनामा धेरै लाभांश दिनेमा ११ बैंक रहेका छन्। जसमा नबिल, माछापुच्छ्रे, हिमालयन, स्टान्डर्ड, कृषि विकास, सानिमा, नेपाल बैंक, प्राइम, सिटिजन्स, नेपाल बंगलादेश र प्रभु बैंक रहेका छन्।
अघिल्लो वर्षको तुलनामा कम घोषणा गर्नेमा १२ बैंकहरू रहेका छन्। जसमा एनआइसी एसिया, नेपाल इन्भेष्टमेन्ट, एनएमबी, मेगा, बीओके, ग्लोबल आईएमई, एनसीसी, सनराइज, सेन्चुरी, एसबीआई, कुमारी, सिभिल बैंक रहेका छन्। अघिल्लो वर्षजति लाभांश दिनेमा सिद्धार्थ, एभरेस्ट, लक्ष्मी बैंक रहेका छन्।
लाभांश घोषणा गरेका केही बैंकहरूले साधारण सभा सम्पन्न गरि लगानीकर्तालाई मुनाफा दिइसकेका छन्। १६ बैंकको बुक क्लोज भइसकेको छ।
अर्थात यी १६ बैंकको सेयर अब किन्नेले लाभांश पाउँदैनन्। लाभांश पाउन बुक क्लोजभन्दा अघिल्लो दिनसम्म सेयरधनी कायम भइसक्नुपर्छ। लाभांश घोषणा गरेकामध्ये १० बैंकको भने बुक क्लोज हुन बाँकी रहेको छ।
























