शेयर बजारमा मंगलबार दोहोरो अंकको उछाल
/fhwfgLsf] OGb«rf]sdf gfu k~rdLsf nfuL gfusf] kmf]6f] a]Rb} dlxnf . tl:j/ M lah' dxh{g, sflGtk'/
काठमाडौं । नेप्से केहि दिन निरन्तर जसो वियरिष ट्रेण्डमा रहेको शेयर बजारमा मंगलबार दोहोरो अंकको उछाल आयो ।
राष्ट्र बैंकले तरलताको समस्या समाधानका लागि निक्षेप गणनामा केही सहजीकरण र आयातमा कडाईका लागि कदम चालेसंगै आन्तरिक ऋण र निक्षेपमा सुधार आउने विश्वासले लगानीकर्ताको मनोबल बढेको विश्लेषण गरिएको छ ।
नेप्से ५७ अंक बराबरले उकालो लागेर २४ सय १५ पुग्यो । कारोबार भने अढाई अर्ब तलै खुम्चियो । सबै समूहमा हरियाली छाउँदा बीमा समूहमा सबैभन्दा उच्च २ सय अंक बढीको बृद्धि आयो । विकास बैंक र उत्पादनमूलक समूह पनि डेढ सय अंक हाराहारीले उकालो लागे ।
अरु पनि अधिकांश समूह दोहोरो अंकले सुधारिए । यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २६ कम्पनीको ५० लाख कित्ता बराबर शेयर २ अर्ब ३८ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । यस दिन १ सय ८० कम्पनीको शेयरमूल्य बढ्दा जम्मा ६ को घट्यो भने ३ को स्थिर रहेको पनि नेप्सेले जनाएको छ ।

























