stcnepal long ad
global ime bank long

हामी नेपालको पहिलो साधारण सभा भक्तपुरमा सम्पन्न

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

भक्तपुर । युवा नेतृत्वमा रहेको गैर नाफा मूलक संस्था हामी नेपालले भक्तपुरको होटल भादगाउँमा आफ्नो पहिलो वार्षिक साधारण सभा सफलता पूर्वक सम्पन्न गरेको छ । सन् २०१५ मा स्थापना भएदेखि नै सामाजिक कार्यहरुमा सहयोग गर्दै आएका आफ्ना स्वयंसेवक तथा शुभचिन्तकहरूलाई सम्मान गर्ने साधारण सभाको मुख्य उद्धेश्य थियो।

उक्त साधारण सभामा, समस्यामा परेकाहरुलाई निःस्वार्थ रूपमा सेवा गर्ने संस्थालाई निरन्तर मद्दत गर्दै आइ रहनु भएका बार्बरा फाउण्डेशनका अध्यक्ष डा.सन्दुक रुइत, इन्फिनिटी होल्डिंग्सका अध्यक्ष दीपक भट्ट तथा निर्देशक उपेन्द्र हिरावत, शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाल तथा प्रबन्ध निर्देशक साहिल अग्रवाल, लगायत अतिथिहरुलाई हामी नेपालले सम्मान गरेको थियो।

संस्थाले दान गरिएको रकम र संस्थाको सबै खर्चलाई पारदर्शी बनाउने उद्देश्यले आफ्नो वेबसाइट पनि शुरु गरेको छ ।

कार्यक्रमको बारेमा बोल्दै संस्थाका अध्यक्ष सुदन गुरुङले  हामी नेपालको पहिलो साधारण सभा भक्तपुरमा सम्पन्न भन्नुभयो , “हाम्रो भिजनलाई सफल बनाउन असीमित सहयोग र माया दिन ुहुने विश्वभरका सम्पूर्ण दाता र स्वयंसेवकहरू प्रति हाम्रो सम्पूर्ण हामी नेपालको टिम धेरै–धेरै आभारी छ ।

हामी अगाडि बढ्न र केही गर्न चाहने युवाको जोश र सपनालाई विश्वास गर्छौं र उनीहरुको लागि एक प्ल्याटफर्म बन्न चाहन्छौँ । हाम्रो संस्थाको उद्देश्य भनेको अरुको बारेमा सोच्ने र एक–अर्कासँग हातेमालो गर्दै समाजमा सकारात्मक प्रभाव ल्याउनु हो–र हामी यस्तो परिवर्तन गर्न चाहन्छौँ जुन पहिले भन्दा धेरै आवश्यक छ । हाम्रो संस्थाले कोही नभएकाहरूको लागि आवाज दिन्छ ।”

वहाँँले भन्नुभयो, “हामी विश्वास गर्छौं कि वेबसाइटको लन्चसँगै हाम्रो संस्था थप विश्वशनीय हुनेछ र यसले सबै दाताहरूलाई वहाँँहरुको सहयोग रकमको हिसाब–किताब राख्न सजिलो हुनेछ ।

साथै यसले सहयोगि दाताहरु र सहयोग चाहिनेहरुलाई सजिलै सिधै जोडिन पनि मध्हत गर्नेछ ।
यस बाहेक, यो वेब साइटमा दाताहरूले विगतमा भएका र वर्तमानमा चलिरहेका परियोजनाहरूको बारेमा पनि जानकारी लिन सक्नु हुनेछ ।

यो वेबसाइट मार्फत सहयोगदाताहरुले कुनै विशेष कारणको लागि अथवा संस्थाको प्रशासनिक लागतको लागि भनेर आफैले छुट्ट्याएर सहयोग गर्न सक्नु हुनेछ र वहाँँहरुले जुन शीर्षकमा सहयोग उपलब्ध गराउनु भएको हो, त्यही शीर्षकमा मात्र खर्च हुनेछ ।

यस्तो व्यवस्था नेपालमै पहिलो पल्ट हो । यसमा हामी नेपालद्वारा सञ्चालित सामाजिक सुधारका गतिविधिहरूमा सक्रिय रूपमा सहभागी हुन इच्छुक स्वयंसेवकहरू पनि जोडिन सक्नुहुनेछ ।”

 

IME Lifesidebar
kumari