stcnepal long ad
global ime bank long

आज प्राइम कमर्सियल बैंकको १४औं साधारण सभा 

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्नो १४ औं वार्षिक साधारण सभा आज मंसिर ६ गते आयोजना भएकाे छ। सभा काठमाडौंको कमलपोखरीस्थित बैंकको केन्द्रीय कार्यालयमा भर्चुअल माध्यमबाट बिहान ११ बजेबाट सुरु भएकाे छ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १६.६३१३ प्रतिशत लाभांश अनुमोदन गर्ने भएकाे छ। जसमा १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.६३१३ प्रतिशत नगद लाभांश छन्।

सोही सभाले बोनस सेयर वितरणपछि जारी पुँजी र चुक्ता पुँजी वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था गाभ्ने, गाभिने र प्राप्ति प्रयोजनका लागि आवश्यक सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि छलफलले अनुमोदन गर्ने भएकाे छ।

सभामा गत आर्थिक वर्षका वार्षिक, आर्थिक लगायतका महत्वपूर्ण प्रतिवेदन छलफल गरी पारित हुने भएका छन्। लाभांश र सभा प्रयोजनका लागि बैंकले गत मंसिर २२ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ।

यसको अर्थ मंसिर २१ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुने छन्।

IME Lifesidebar
kumari