stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

एनएमबि बैंकको वार्षिक साधारण सभा पुस २२ गते

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनएमबि बैंकले लाभांश प्रस्ताव पारित गर्न बुक क्लोज मिति तय गरी वार्षिक साधारण सभा सम्बन्धी सूचना जारी गरेको छ । पुस २२ गते बस्ने वार्षिक साधारण सभामा गत आर्थिक वर्षको नाफाबाट १२.५५ बोनस सेयर र करसहित ३.३५ नगद गरी कुल १५.८५ लाभांश वितरण गर्ने प्रस्ताव लैजानेछ ।

जसका लागि एनएमबिले पुस ७ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, प्रस्तावित लाभांश पाउन र सभामा भाग लिन मंगलबार पुस ६ गतेसम्म सेयरधनी बन्नुपर्नेछ ।

यस्तै, बैंकको जारी पुँजी १६ अर्ब ३२ करोड रुपैयाँबाट बढाएर १८ अर्ब ३६ करोड रुपैयाँ पुर्याउने एजेन्डा पनि रहेको छ ।

बोनस वितरणपछि चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि पेश हुनेछ । साथै, आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल गरी पारित गर्ने प्रस्ताव छ ।

सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल काठमाडौंमा बिहान १०ः३० बजे सुरु हुनेछ । हाल बैंकको चुक्ता पुँजी १६ अर्ब ३२ करोड ५९ लाख ६० हजार रुपैयाँ रहेको छ । बोनस वितरणपछि बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ पुग्नेछ ।

prabhu mahalaxmi
kumari