stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

ओमिक्रोनको त्रास बढेसँगै विश्व सेयर बजारमा गिरावट

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोनको त्रास बढेसँगै विश्व सेयर बजारमा यो साता गिरावट आएको छ। विश्व सेयर बजारमा लगानीकर्ताहरु नयाँ भेरिएन्टको वृद्धिले थप आर्थिक क्षति मूल्यांकन गर्दै सुरक्षित अन्य लगानी क्षेत्रतर्फ आकर्षित भएसँगै गिरावट आएको हो।

यो साता डाउजोन ५३२.२० अंकको गिरावटका साथ ३५३६५.४४ को विन्दुमा बन्द भएको छ । यसैगरी एस एन्ड पी ५०० पनि ४८.०३ अंकको गिरावटका साथ ४६२०.६४ को विन्दुमा झरेको छ। यो सूचक इन्ट्राडे कारोबारमा ४६०० सम्म झरेको थियो। नास्डाक कम्पोजिट पनि १०.७५ अंकको गिरावटसँगै १५१६९.६८ को विन्दुमा बन्द भएको छ ।

साताभरिमा डाउजोन १.७ प्रतिशत, एस एन्ड पी ५०० १.९ प्रतिशत र नास्डक ३ प्रतिशतले ओरालो लागेका छन्। ओमिक्रोनको नयाँ भेरिएन्टसँगै अमेरिकी इक्विटी बेन्चमार्कमा गिरावट आएको बजारविज्ञहरु बताउँछन्।

लगानीकर्ताहरु अहिले सुनमा आकर्षित भएका छन्। जसका कारण विश्व बजारमा सुनको भाउमा बढोत्तरी भएको छ। आज सुन प्रतिऔँस १७९८.३५ अमेरिकी डलरमा कारोबार भएको छ। जुन अघिल्लो दिनको तुलनामा ०.०१ प्रतिशतले बढी हो। अमेरिकी राष्ट्रपतिले नयाँ भेरिएन्टसँगै आफ्ना देशका अस्पतालहरुलाई उच्च सर्तकमा बस्न भनेसँगै लगानीकर्ताहरु सुरक्षित लगानीमा आकषिर्त भएका हुन्। एजेन्सी

prabhu mahalaxmi
kumari