stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

निर्धन उत्थान लघुवित्तले ३१.०५ प्रतिशत लाभांश दिने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो २३ औं वार्षिक साधारण सभा आह्वान गरेको छ।

संस्थाको सञ्चालक समितिको गत पुस १ गते बसेको बैठकले वार्षिक साधारण सभा यही पुस २५ गते आयोजना गर्ने निर्णय गरेको जनाएको छ।

सभा काठमाडौंको नक्साल भगवतीबहालस्थित संस्थाको केन्द्रीय कार्यालयमा भर्चुअल माध्यमबाट दिउँसो १ बजेबाट सुरु हुने जनाएको छ।

सभाले संस्थाद्वारा आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित चुक्ता पुँजीको कुल ३१.०५२६ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा २९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १।५५२६ प्रतिशत नगद लाभांश रहेका छन्।

सभाले संस्थाको हाल कायम अधिकृत पुँजी २ अर्ब ५० करोड रुपैयाँलाई वृद्धि गरी ३ अर्ब रुपैयाँ पुर्याउने विशेष प्रस्ताव स्वीकृत गर्नेछ।

यस्तै प्रस्तावित बोनस सेयर जारीपछि संस्थाको संस्थाको जारी र चुक्ता पुँजी वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्रमा संशोधन गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

सभा गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन छलफल गरी पारित हुनेछन्। लाभांश र सभा प्रयोजनका लागि संस्थाले यही पुस १३ गतेदेखि पुस २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको हो।

यसको मतलब यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुन पुस १२ गतेसम्म सेयरधनी कायम भइसक्नु पर्नेछ।

prabhu mahalaxmi
kumari