एमबीबीएस पढ्दै गरेका युवक शान्तिनगरमा झुन्डिएको अवस्थामा फेला
काठमाडौं । काठमाडौंको शान्तिनगरमा झुन्डिएको अवस्थामा एक युवक फेला परेका छन् । आज आइतबार आफ्नै कोठामा झुन्डिएको अवस्थामा युवक फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । युवकको पहिचान भने खुलिसकेको छैन ।
जनकपुर घर भएका ती युवक कोठाभाडामा बस्दै आएका थिए । एमबीबीएस पढ्दै गरेका ती युवक दुई जना साथीसँग बस्दै आएको स्थानीयले बताएका छन् । उनका साथीहरु भने केही दिनअघि कामविशेषले घर गएका थिए ।
साथीहरु घर गएपछि युवक दुई–तिन दिनदेखि कोठामा एक्लै थिए । यसबीचमा घटना भएको र थप अनुसन्धान थालेको जानकारी प्रहरीले दिएको छ ।

























