नेशनल लाइफले ल्यायो ‘जीवन श्री सावधिक अमृत बीमालेख’ योजना, अतिरिक्त आयस्रोत सुनिश्चित
काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमित वर्गको आयस्रोत, बचत र सुरक्षालाई सर्वोपरी ध्यानमा राख्दै ‘जीवन श्री सावधिक अमृत बीमालेख’ नामक नयाँ सावधिक बीमा योजना नेपाली बीमा बजारमा प्रचलनमा ल्याएको छ।
कम्पनीको पोखरामा भएको चेयरपर्सन क्लबको कार्यक्रममा कम्पनी अध्यक्ष प्रेमा सिंहले उक्त बीमालेखको शुभारम्भ गरेकी छिन।
बीमाको अवधि समाप्तिपछि ८० वर्ष उमेरसम्म बीमांकको ९ प्रतिशतका दरले प्रत्येक वर्ष आयस्रोतका रुपमा उपलब्ध हुने यस बीमालेखबाट बीमितलाई ८० वर्ष उमेरपछि प्राप्त गर्ने बीमांक रकम र आर्जित बोनसले आफू र आफूप्रति आश्रित व्यक्तिलाई समेत आर्थिक सहयोग पुग्नेछ।
यसरी यस बीमालेखबाट बीमितको अतिरिक्त आयस्रोत सुनिश्चित हुन्छ भने सँगसँगै बचत र सुरक्षा पनि उपलब्ध हुनेछ।
आफ्नो आयस्रोत अनुसार रु. ५० हजारदेखि माथिसम्मको बीमा गर्न सकिने यस योजनामा सहभागी बीमितको जुनसुकै बेला मृत्यु भए पनि परिवारजनलाई एक मुष्ठ बीमांक र बोनस प्राप्त हुनेछ। यस बीमालेखमा ऋण सुविधासमेत रहेकोले बीमितको तरलताको व्यवस्थापनमा योगदान पुग्नेछ।

























