stcnepal long ad
ime life insurance
national life
global ime bank long

एनआईबीएल एस क्यापिटल लिमिटेडको आयोजनामा सचेतनामुलक कार्यक्रम 

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । एनआईबीएल एस क्यापिटल लिमिटेडको आयोजनामा एक अन्र्तक्रिया तथा लगानी सचेतनामुलक कार्यक्रम सचांलन भएको छ ।

उक्त कार्यक्रममा एनआईबीएल एस क्यापिटल लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत तथा मर्चेन्ट बैंकर्स संघका अध्यक्ष मेख बहादुर थापा तथा कम्पनीका अन्य पदाधिकारीहरुले स्थानिय लगानीकर्ताहरुका विभिन्न जिज्ञासाहरुको सम्बोधन गर्नुका साथै समस्त धितोपत्र बजारको विभिन्न आयामहरुको बारेमा समेत छलफल गर्नुभयो ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश स्तरमा लगानिकर्ता सचेतना अभिवृद्घि कार्यक्रमको सुरुवात सुदुर पश्चिम प्रदेशको धनगढी बाट गरिएको समेत जानकारी दिएको छ ।

उक्त कार्यक्रममा लगानिकर्ताहरुको उत्साहजनक सहभागिता हुनुका साथै विभिन्न सल्लाह सुझाव समेत ग्रहण गरिएको र आगामी दिनमा अन्य प्रदेशहरुमा यस्तै सचेतनामुलक कार्यक्रम सचांलन गरिने  समेत क्यापिटलले जनाएको छ ।

IME Lifesidebar
kumari