स्ट्यान्डर्ड चार्टर्ड बैंकको सभाबाट १३.०६प्रतिशत लाभांश अनुमोदन
काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको ३५ औं वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७७/०७८ का लागि प्रस्तावित लाभांश अनुमोदन भएको सो बैंकले जनाएको छ।
काठमाडौंको नयाँ बानेश्वरस्थित बैंकको प्रधान कार्यालयमा भिडियो कन्फ्रेन्स माध्यमबाट भएको सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १३.०६ प्रतिशत लाभांश अनुमोदन गरेको छ। जसमा १० प्रतिशत बोनस सेयर र ३.०६ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्।
सभाले बोनस सेयर वितरणपछि चुक्ता पुँजी वृद्धि हुने भएकोले प्रबन्धपत्रमा सोहीअनुसार संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ। गत आर्थिक वर्षका वार्षिक, आर्थिक लगायतका महत्वपूर्ण प्रतिवेदन पनि सभाल छलफल गरी अनुमोदन गरेको सो बैंकले जनाएको छ।




















