सयपत्री हाइड्रोपावरको साधारण सभा मंसिर २४ गते
काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले पाँचौं वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको गत मंसिर २४ गते बसेको बैठकले वार्षिक साधारण सभा आगामी पुस २३ गते आयोजना गर्ने निर्णय गरेको छ।
सभा काठमाडौंको चाबहिलस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा अपराह्न १ बजेबाट भर्चुअल माध्यमबाट हुने जनाइएको छ। सभाले कम्पनीको आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव अनुमोदन गर्ने छ।
सोही सभाले सेयरधनीहरुबाट ६ जना सञ्चालक पनि चयन गर्ने बताइएको छ। सभामा सञ्चालक समितिबाट प्रस्तुत गरिने वार्षिक साधारणदसभा पारित हुनेछ भने गत आर्थिक वर्षको लेखापरीक्षकको प्रतिवेदन पनि अनुमोदन हुने जनाइएको छ।























