लुम्बिनी विकास बैंकको बोनस सेयरमा मूल्य समायोजन
काठमाडौं । लुम्बिनी विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले बैंकको १३ प्रतिशत बोनस सेयरपछिको भाउ समायोजन गरेको हो । समायोजनपछिको भाउ ४२९ रुपैयाँ ६५ पैसा निर्धारण भएको छ ।
यहि भाउलाई आधार मानेर सोमबार बैंकको सेयर कारोबार खुल्नेछ । नेप्सेले अघिल्लो कारोबार दिन आइतबारको अन्तिम कारोबार मूल्य ४८५ रुपैयाँ ५० पैसाका आधारमा भाउ समायोजन गरेको हो ।
यसले गत आर्थिक वर्षको नाफाबाट १३ प्रतिशत बोनस सेयर र कर तिर्न ०.६८ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । जसका लागि आज मंसिर २६ गते बुक क्लोज गरेको छ । सभा बैंकको केन्द्रीय कार्यालय डिल्लीबजार, काठमाडौंमा पुस ९ गते बिहान ११ः१५ बजे सुरु हुनेछ ।






















