citizens life insurance long ad
stcnepal long ad

काठमाडौंको पानीपोखरीमा आइएमई जनरल इन्स्योरेन्सको केन्द्रीय कार्यालय भवनकाे शिलान्यास

Nimb long ad
Prabhu Insurance Long Ad
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको केन्द्रीय कार्यालयको भवन काठमाडौंको पानीपोखरीमा बन्ने भएको छ। पानीपोखरीमा आज शुक्रबार बिहान ८ बजे बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट आइएमई जनरल इन्स्योरेन्सको केन्द्रीय कार्यालयको भवन शिलान्यास गरिएको छ।
सिलवालले भवनको जगमा शिला राखेर शिलान्यास गरेका थिए। शिलान्यास समारोहमा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, कम्पनीका संस्थापक सेयरधनी, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, कम्पनीका सञ्चालक समितिका अध्यक्ष हेमराज ढकाल लगायत सम्पूर्ण सञ्चालक, संस्थापक सेयरधनी, कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ लगायत उच्च व्यवस्थापन अधिकृत, विभागीय प्रमुख, शाखा प्रमुखलगायतको उपस्थिति रहेकाे बताइएकाे छ।
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले आफ्नो व्यस्थताको बाबजुत पनि समारोहमा उपस्थित भई भवनको शिलान्यास गरिदिनु भएकोमा बीमा समितिका अध्यक्षलाई सञ्चालक समिति तथा आईजीआई परिवारका तर्फबाट धन्यवाद व्यक्त गर्दै श्रेष्ठले कम्पनीको केन्द्रीय कार्यालयको प्रयोजनका लागि आज शिलान्यास भएको भवन समयमै निर्माण सम्पन्न हुने र उक्त भवन एक नमुना भवन हुने जानकारी गराएका थिए।
यस सुखद् समराहोमा उपस्थित भई हौसला प्रदान गरेकोमा बीमा समितिका अध्यक्ष सिलवाल, कार्यकारी निर्देशक पौडेललगायत उपस्थित सम्पूर्णलाई उनले धन्यवाद व्यक्त गरेका थिए।
IME Life
kumari