citizens life insurance long ad
stcnepal long ad

सूर्या लाइफ इन्स्योरेन्सको साधारणसभा पुस १९ मा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १३ औं वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको हिजो बिहीबार बसेको बैठकले वार्षिक साधारण सभा आगामी पुस १९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा विराटनगरस्थित होटेल हैरिसन प्यालेसमा हुने जनाइएको छ।

सभाले आर्थिक वर्ष २०७६/०७७ का लागि प्रस्तावित कुल १३.३६८४ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १२.७ प्रतिशतले हुन आउने बोनस सेयर र ०.६६८४ प्रतिशतले हुन आउने नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।

लाभांश र वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी पुस ९ गतेदेखि पुस १६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस ८ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुने छन्।

 

IME Life
kumari