citizens life insurance long ad
stcnepal long ad

सिभिल बैंक लि.को ऋणपत्र सर्वसाधारणको लागि विक्री खुल्ला

सर्वसाधारणहरुले कम्तिमा २५ कित्ता देखि अधिकतम १२ लाख कित्ता सम्म यस ऋणपत्र खरिद गर्न सक्ने छन् ।

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । “समृद्धिका लागि सिभिल बैंक” भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंक लिमिटेडले आज मंसिर २४ गते देखि “सिभिल बैंक डिबेञ्चर २०८८” सर्वसाधारणहरुकोे लागि विक्री खुल्ला गरेको छ ।

बजारको चल्तीको भन्दा अधिकतम ब्याजदर १०.२५ प्रतिशत रहेको सिभिल बैंक डिवेन्चरको अवधि १० वर्ष रहेको छ । प्रति डिवेन्चर रु. १,००० अंकित मूल्यका ३०,००,००० (तीस लाख) कित्ता डिवेन्चरले हुन आउने रु. ३ अर्ब बरावरको कुल डिवेन्चर मध्ये १२ लाख कित्ता डिवेन्चर अर्थात रु। १ अर्ब २० करोड ऋणपूँजी रकम सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्काशनबाट बिक्री गरिने तथा १८ लाख कित्ता डिवेन्चरले हुन आउने रु. १ अर्ब ८० करोड ऋणपूँजी रकम विभिन्न व्यक्ति तथा संघ(संस्थाहरुलाई व्यक्तिगत तवर बाट बिक्री गरिने सो बैंकले जनाएको छ ।

सर्वसाधारणहरुले कम्तिमा २५ कित्ता देखि अधिकतम १२ लाख कित्ता सम्म यस ऋणपत्र खरिद गर्न सक्ने छन् । नेपाल धितोपत्र बोर्डद्वारा स्वीकृत प्रदान गरिएको यस ऋणपत्रमा त्रैमासिक रुपमा व्याज भुक्तानी गरिने जनाएको छ ।

डिवेन्चर नेपाल स्टक एक्सचेन्ज( नेप्से) मा सुचीकृत भई किनबेच समेत गर्न सकिने छ । सर्वसाधारणहरुले आफूले खरीद गर्न चाहेको ऋणपत्र सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु मार्फत दरखास्त फाराम प्राप्त गर्न र बुझाउन सक्ने छन् । ऋणपत्रको निष्काशन आज मंसिर २४ गते खुल्ला भई छिटोमा मंसिर २८ गते तथा ढिलोमा पौष ९ गते बन्द हुने जनाइएको छ ।

बैंकले निष्काशन गर्न लागेको डिवेन्चरको व्याजदर हाल नेपाल स्टक एक्सचेन्जमा सुुचीकृत डिवेन्चरहरुको औसत व्याजदर भन्दा बढी तथा हाल वाणिज्य बैंकहरुले मुद्दती निक्षेपमा प्रदान गरिरहेको व्याजदर भन्दा पनि उच्च रहेको छ ।

यसका साथै अन्य धेरै डिवेन्चरहरु भन्दा फरक यस सिभिल बैंक डिवेन्चरले त्रैमासिक रुपमै व्याज भुक्तानी गर्नेछ । जसले गर्दा लगानीकर्ताले अर्ध वार्षिक भुक्तानी योजना भएकोमा भन्दा अधिक ब्याज आम्दानी प्राप्त गर्नेछ । सामूहिक लगानी कोषको लागि छुट्टयाइएको ५ प्रतिशत डिवेन्चरको लागि २.३ गुणा बढी आवदेन प्राप्त भएको समेत बैंकले जनाएको छ ।

 

IME Life
kumari