citizens life insurance long ad
stcnepal long ad

भारत सरकारको अनुदान सहयोगमा सर्लाही निर्माण भएका दुईवटा नयाँ विद्यालय भवनको उद्घाटन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।  भारत सरकारको आर्थिक सहयोग क्रमशः नेरु. ६९.४ लाख र नेरु. १ करोड ५९ लाख
लागतमा निर्माण भएका सर्लाही जिल्लाको पिपरिया, कविलासी–२ स्थित श्री बाल गोविन्द
जनता उच्च माध्यमिक विद्यालय र नेत्रगंज,लालबन्दी–१ स्थित श्री जनता उच्च माध्यमिक
विद्यालयका नयाँ विद्यालय भवनहरुको भारतीय राजदूतावासका नियोग उप–प्रमुख श्रीमती
नामग्य खम्पाले उद्घाटन गर्नुभयो ।

स्थानीय प्रतिनिधि, जिल्ला समन्वय समितिका अधिकारी, विद्यालय व्यवस्थापन समिति तथा स्थानीयबासीले उक्त उद्घाटन समारोहमा उपस्थिति जनाएका थिए ।
श्री बाल गोविन्द जनता उच्च माध्यमिक विद्यालयको स्थापना सन्१९६० मा र श्री जनता
उच्च माध्यमिक विद्यालयको स्थापना सन् १९६२ मा भएको हो । यस क्षेत्रका यी दुवै
विद्यालयहरुमा प्राथमिक शिक्षाको मात्र सुविधा थियो ।

नेत्रगंजस्थित श्री जनता उच्च माध्यमिक विद्यालय व्यवस्थापन र प्राविधिक शिक्षा अध्यापनका लागि पनि उपयोग भइरहेको छ ।

साथै यो क्षेत्रमा घनाबस्ती भएकाले यस क्षेत्रका बालबालिकाको शैक्षिक आवश्यकताहरू पूरा गर्न हालका पूर्वाधार अपर्याप्त छन्। नयाँ विद्यालय भवनले दुर्गम क्षेत्रमा अध्ययनका लागि राम्रो वातावरण सिर्जना गर्नुका साथै जिल्लाको शैक्षिक विकासमा समेत योगदान पु¥याउनेछ ।

भारत सरकार, नेपाल सरकार र जिल्ला समन्वय समिति सर्लाहीबीच भएको सम्झौता
अनुरुप उच्च प्रभाव सामुदायिक परियोजनाको रुपमा यस विद्यालय भवनको निर्माण भएको
हो ।

सन्२००३ यता भारतले नेपालमा नेपालमा ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक
विकास परियोजनाहरु अघि बढाइसकेकोमा हालसम्म ४६१ वटा परियोजनाको निर्माण सम्पन्न
भइसकेको छ जसमध्ये सर्लाही जिल्लाका २० गरी प्रदेश २ मा ५८ वटा रहेका छन्।

यसका अतिरिक्त भारत सरकारले सर्लाही जिल्लाका विभिन्न स्वास्थ्य चौकीलाई३८ वटा एम्बुलेन्स र एउटा स्कुल बस उपलब्ध गराइसकेको छ ।

भारत र नेपालबीच मित्रता र सहकार्यको विशिष्ट सम्बन्ध रहेको छ । दुई देशबीच
बहुपक्षीय एवम्बहुक्षेत्रीय विकास साझेदारी पनि रहेको छ ।

यस शैक्षिक पूर्वाधारको निर्माणले प्राथमिकता क्षेत्रमा पूर्वाधार विकास गर्न नेपाल सरकारले गरेका प्रयासमा थप बल प्रदान गर्न भारत सरकारले पु¥याउँदै आएको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्दछ ।

IME Life
kumari