citizens life insurance long ad
stcnepal long ad

‘युवासँग महालक्ष्मी लाइफ’ अभियान

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । युवा र विद्यार्थीमाझ बीमा सम्बन्धी जनचेतना जगाउने उद्देश्यले महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले विराटनगर र पर्वतको विभिन्न ६ स्थानमा ‘युवासँग– महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न गरेको जनाएको छ।

विराटनगरको इर्डन वर्ग कलेजमा मंसिर २० गते सम्पन्न कार्यक्रममा स्नातक अन्तिम वर्षका ७० जना विद्यार्थीको उपस्थिति रहेको थियो।

क्याम्पस प्रमुख दिपेन्द्रकुमार साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई र उपक्षेत्रीय प्रमुख हीरा निरौलाले प्रशिक्षण दिएका थिए।

अभियानका जिल्ला अध्यक्ष खड्क नारायण उडावबाट सञ्चालित कार्यक्रममा केन्द्रीय सदस्य सरोज पौडेल र जिल्ला सदस्य हरुको उपस्थिति थियो।

त्यसैगरी मंसिर १४ देखि १७ गते सम्म पर्वत जिल्लाको सदरमुकाम र ग्रामीण भेगमा पनि ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सञ्चालन भएका छन्।

गुप्तेश्वर बहुमुखी क्याम्पस कुस्मा, जनज्योती माध्यमिक विद्यालय ठानामौला फलेवास, पर्वत बहुमुखी क्याम्पस देवीस्थान फलेवास, मोदी पुस्तकालय देविस्थान फलेवास, भवानी विद्यापिठ फलेवास र युवा क्लव लिमिठाना फलेवासमा बीमा जागरण कार्यक्रम सम्पन्न भएका छन्।

ती सबै कार्यक्रम क्याम्पस प्रमुख र क्लब अध्यक्षको अध्यक्षता भएको तथा उक्त बीमा जागरण कार्यक्रममा ३० देखि ६० जनाको उपस्थिति थियो।

कार्यक्रममा कम्पनीकी क्षेत्रीय प्रमुख जमुना आचार्यले प्रशिक्षण दिएकी थिइन्। कार्यक्रम कम्पनीका कर्मचारी विनिता शर्मा अधिकारी र लक्ष्मण आचार्यले सञ्चालन गरेका थिए।

IME Life
kumari