citizens life insurance long ad
stcnepal long ad

नेपाली कांग्रेस वर्तमान अवस्था र महाधिवेशनको चुनावी रणनीति

Nimb long ad
Prabhu Insurance Long Ad

नेपाली कांग्रेसको महाधिवेशनलाई सभापति र पदाधिकारीको उम्मेदवारी टुङ्गो लगाउन विभिन्न समुहहरूका बैठकहरू भइरहेका छन्। सभापति शेरबहादुर देउवा उम्मेदवार हुने निश्चित भएको छ। यो समुहको उपसभापति, महामन्त्री र सहमहामन्त्रीको टुङ्गो आज दिनभरमा लाग्न सक्ने अनुमान छ।

वरिष्ठ नेता रामचन्द्र पौडेल आफ्नो समुहको सर्वसम्मत उम्मेदवार हुनपाए उठ्दै हुनुहुन्छ। यो समुहमा अन्य उम्मेदवारमा महामन्त्री डा.शशाङ्क कोईराला र डा।शेखर कोइराला हुनुहुन्छ भने प्रकाशमान सिंह पनि आकाङ्क्षी हुनुहुन्छ।

१६३ क्षेत्रको क्षेत्रिय अधिवेशन,६१ जिल्लाको जिल्ला अधिवेशन र ६ प्रदेशको अधिवेशन सम्पन्न भइसक्दा धेरै कुरा प्रस्ट हुदै आएको छ । प्रदेश अधिवेशनको छनक हेर्दा कतिपय समुहको प्रतिकात्मक वा भविष्य उन्मुख उम्मेदवारी हुने परिस्थिति देखिदैछ।

तेस्रो समुहको रूपमा कृष्णप्रसाद सिटौला रहनु भएको भएपनि यो समुह पनि सभापति शेरबहादुर देउवासँग एकाकार भइसकेको अबस्था छ।

प्रदेश १ र प्रदेश ३ ९गण्डकी०मा मिलेर चुनाव लडिसकेको छ। यो समुहबाट बाहिर निस्कनु भएको महामन्त्रीको उम्मेदवार गगन थापा प्रकाशमान सिंहलाई स्पष्ट रूपमा सहयोग गरेर मिलेर जिल्ला र प्रदेशमा लडिसकेको अबस्था रहेको छ।

तेस्रो समुहको अबस्था, सभापति शेरबहादुर देउवाको उपसभापति कृष्णप्रसाद सिटौला हुने र प्रकाशमान सिंहको महामन्त्री गगन थापा भएर लड्ने अहिलेसम्मको कार्यगत एकताले देखाएको छ। यो परिस्थितिमा धेरै फरक नदेखिएमा समिकरण यसरी नै अघि बढ्ने निश्चित प्रायस्छ।

अर्को हालका उपसभापति बिमलेन्द्र निधी बिचार र कार्यक्रम सहित धेरै अघिदेखि सभापतिको मैदानमा हुनुहुन्छ। सभापति शेरबहादुर देउवाको मत कति लिन सक्नु हुन्छरु र गणतन्त्र, संघीयता, धर्म निरपेक्षता जस्ता बिषयमा आफ्नो स्पष्ट अडान देखाएकाले एजेण्डागत मत दिनेले बिमलेन्द्र निधीलाई मत दिनेछन्।

निरन्तर आईरहेको चर्चा के छ भने, शेरबहादुर देउवा सभापति, डा.शशाङ्क कोईराला र कृष्णप्रसाद सिटौला उपसभापति भन्ने पनि लाइन आईरहेको छ। यसलाई पनि नकार्न सकिदैन।

यो अबस्था आएमा अधिवेशन एउटा औपचारिकता मात्रै हुनेछ। यो परिस्थितिमा कांग्रेसको अर्को भविष्य देखाउने उम्मेदवारका लागि डा।शेखर कोइराला अनिवार्य उम्मेदवार बन्नु पर्ने हुन्छ।देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आएको छ।

यो एजेण्डालाई मुखरित भएर बोक्ने दोस्रो पुस्तामा बिमलेन्द्र निधी मात्र हुनुहुन्छ । राजावादी र कम्युनिष्टहरू अहिलेको परिवर्तन त्यति रूचाई रहेका छैनन्। यो परिस्थितिमा कांग्रेसका अरू उम्मेदवारको पनि स्पष्ट विचार, नीति र कार्यक्रम आउन जरूरी छ।

अरू कांग्रेसका उम्मेदवारले पनि आफुले बनाएको संविधान र कांग्रेस बिधान नै आफ्नो एजेण्डा भएको बताइरहनु भएको छ। तर यतिले मात्र पुग्ने अबस्था छैन। भविष्य देखाउन जरूरी छ।

अब उम्मेदवारी नोमिनेशन गर्न ७२ घण्टा मात्र बाँकी छ। समिकरणहरू कसरी बन्छन्१ हामी सबैले छिट्टै थाहा पाउने छौँ ।

IME Life
kumari