citizens life insurance long ad
stcnepal long ad

सातै प्रदेशमा ‘टीभीएस राइडर–सप्तरंग–३’ हुने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सातै प्रदेशमा ‘टीभीएस राइडर– सप्तरंग–३’ हुने भएको छ।
राजधानीमा आयोजित एक कार्यक्रममा आयोजक गृष्मा ब्रोर्डकास्टिङले ‘टीभीएस–सप्तरंग–३’ हुने जानकारी गराएको छ।

गृष्मा ब्रोर्डकास्टिङले आयोजना गर्न लागेको ‘सप्तरंग’ ले सातै प्रदेशमा जोडिएर कलाकारको सहकार्यमा सचेतना फैलाउने छन्।

‘सातै प्रदेशमा रहेका जनतालाई, जनताद्वारा, जनताका निम्ति’ भन्ने भनाइलाई जनमानसमा कला मार्फत प्रस्ट्याउनु नै ‘सप्तरंग’ को मूल आशय हो। कला–संस्कृतिलाई उजागर गर्दै मंसिर २४ देखि काँकडभिट्टाबाट सुरु हुने ‘सप्तरंग–३’ पुस ९ गते पोखरामा गएर अन्त्य हुने जनाइएको छ।

काँकडभिट्टा लगत्तै मंसिर २६ मा जनकपुर, मंसिर २८ मा चितवन, पुस १ मा नेपालगन्ज, पुस ३ मा सुर्खेत, पुस ५ मा धनगढी र पुस ९ मा पोखरा पुगेर समापन हुने बताइएको छ।

‘सप्तरंग–३’ मा अभिनेता राजेश हमाल, गायक बद्री पंगेनी, प्रमोद खरेल, रामकृष्ण ढकाल, अनिल सिंह, हास्य कलाकार सन्दीप छेत्री, राजा राजेन्द्र पोखरेल, गायिका मिलन नेवार र अस्मिता अधिकारी तथा मोडेल उषा उप्रेतीजस्ता कलाकार सहभागी हुने बताइएको छ।

IME Life
kumari