राष्ट्र बैंकद्वारा प्रभु बैंकलाई लाभांश वितरण गर्न स्वीकृति प्रदान
काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रभु बैंकले आर्थिक वर्ष २०७७/०७८ का लागि प्रस्ताव गरेको लाभांश वितरणका लागि स्वीकृति प्रदान गरेको जनाएको छ।
राष्ट्र बैंकले मंसिर २१ गते प्रभु बैंकलाई प्रस्तावित लाभांश वितरणका लागि स्वीकृति प्रदान गरेको छ। राष्ट्र बैंकको स्वीकृति पाएसँगै अब प्रभु बैंकले आफ्नो आगामी वार्षिक साधारण सभाबाट लाभांश अनुमोदन गर्दै सेयरधनीहरुलाई वितरण गर्नेछ।
प्रभु बैंकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजी ११ अर्ब ३४ करोड ७० लाख ५७ हजार २९९ रुपैयाँको कुल १२.६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.६३ प्रतिशत नगद लाभांश रहेका छन्।




















