citizens life insurance long ad
stcnepal long ad

बैंकहरुको निक्षेप २ अर्ब र कर्जा लगानी ३ अर्बले बढयो

गत मंसिर १९ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ३ अर्ब रुपैयाँले बढेर ४५ खर्ब ८६ अर्ब रुपैयाँ पुगेको छ

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप लगातार बढिरहेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकले बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलनमा लगातार सुधार आइरहेको देखाएको छ।

तथ्यांक अनुसार गत मंसिर १९ गतेसम्म बैंकहरुको कुल निक्षेप ४८ खर्ब १ अर्ब रुपैयाँ पुगेको छ। गत मंसिर १७ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ४७ खर्ब ९९ अर्ब रुपैयाँ रहेको थियो। यो हिसाबले निक्षेप २ अर्ब रुपैयाँले बढेको पाइएको छ।

यसैगरी गत मंसिर १९ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ३ अर्ब रुपैयाँले बढेर ४५ खर्ब ८६ अर्ब रुपैयाँ पुगेको छ । गत मंसिर १७ गतेसम्म कुल कर्जा लगानी ४५ खर्ब ८३ अर्ब रुपैयाँ रहेको थियो।

वाणिज्य बैंकहरुको निक्षेप भने यो अवधिमा ३ अर्ब रुपैयाँले बढेको देखिन्छ। गत मंसिर १७ गतेसम्म कुल निक्षेप ४२ खर्ब ३१ अर्ब रुपैयाँ रहेकोमा बढेर मंसिर १९ गतेसम्म ४२ खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ।

वाणिज्य बैंकहरुको कर्जा लगानी पनि ३ अर्ब रुपैयाँले नै बढेको पाइएको छ। गत मंसिर १७ गतेसम्म कुल कर्जा लगानी ४० खर्ब ६९ अर्ब रुपैयाँ रहेकोमा बढेर गत मंसिर १९ गतेसम्म ४० खर्ब ७२ अर्ब रुपैयाँ पुगेको छ।

राष्ट्र बैंकका अनुसार गत मंसिर १९ गतेसम्म बैंकहरुको औसत सीडी रेसियो बढेर ९०.९० प्रतिशत पुगेको छ। गत मंसिर १७ गतेसम्म औसत सीडी रेसियो ९०.८६ प्रतिशत रहेको थियो। अन्तरबैंक ब्याजदर पनि ४.९५ प्रतिशतबाट बढेर ४.९७ प्रतिशत पुगेको छ।

IME Life
kumari