citizens life insurance long ad
stcnepal long ad

नेप्सेमा दोहोरो अंकको सुधार

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । लगातार घटिरहेको सेयर बजारमा सोमबार केही सुधार भएको छ। आज बजार ३२.२२ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २५४६.०९ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ७.६३ अंकले बढेर ४८०.९८ को विन्दुमा पुगेको छ। कारोबार रकम पनि बढेर साढे ४ अर्ब रुपैयाँ बढीको भएको छ।

आजबाट बजार सम्हालिएको जस्तो देखिएको छ। बजार लगातार घटिरहेको थियो। त्यही कारणले बजार बढेको हुन सक्छ। यसले बजारको घटाइ लगभग पूरा भएको अनुमान लगाउन सकिन्छ।

तरलता पनि केही दिनदेखि सहज बन्दै गएको अवस्था देखिन्छ। अहिले बैंकिङ प्रणालीमा ४८ अर्ब रुपैयाँभन्दा बढी पैसा रहेको छ। पुँजीगत खर्च पनि विस्तारै बढ्दै गएको सुनिन्छ। यसले पनि तरलता सहज हुँदै सीडी रेसियो पनि केही सहज भएको अवस्था छ।

आज सुरुआतमा ७० अंकले घटिसकेको बजार अन्तिममा ३२ अंकले बढ्नु नै बजारले युटर्न लिएको भन्ने संकेत गरेको हो। लगानीकर्ताले अहिलेको अवस्थामा संयम भएर राम्रा(राम्रा कम्पनीमा लगानी गर्नु नै उचित हुन्छ ।

प्राविधिक रुपमा पनि बजारको २४८० तिर सपोर्ट रहेको र त्यसैमा टेकेर बजार फर्किएको देखिन्छ। बजार ठूलो अंकले बजार घटिसकेको थियो। २८०० बाट घटेको बजार २४०० को लाइनमा आउँदा आज लगानीकर्ताहरुले एभ्रेजिङ गर्दा पनि बजार बढेको हो।

बजारको बढाइ कत्तिको दिगो छ भन्ने कुरा आगामी कारोबारमा कस्ता कम्पनी चल्छन्, त्यसैले निर्धारण गर्ने छ। यदि ठूला लगानीकर्ता बजार पसेर राम्रा कम्पनी बढेमा बजारको बढाइ दिगो पनि हुन सक्छ।

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। विकास बैंक समूह सर्वाधिक ३.४५ प्रतिशतले उकालो लागेको छ। जलविद्युत समूह २.८८ प्रतिशतले बढेको आज बैंकिङ समूहमा ०.७६ प्रतिशत, व्यापार समूहमा ०.१५ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.३९ प्रतिशत, जलविद्युत समूहमा २.८८ प्रतिशत, वित्त समूहमा २.५४ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.२३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.०६ प्रतिशत, अन्य समूहमा १.६१ प्रतिशत, लघुवित्त समूहमा १.३५ प्रतिशत, जीवन बीमा समूहमा ०.९२ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.१ प्रतिशत र लगानी समूहमा ०.८६ प्रतिशतको बढोत्तरी भएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु:

आज नेप्सेमा सूचीकृतमध्ये २२७ कम्पनीका ९४ लाख ७१ हजार ३११ कित्ता सेयर ४ अर्ब ५४ करोड २३ लाख ४५ हजार २७१.३६ रुपैयाँमा किनबेच भएका छन्। आज नबिल बैंकको सर्वाधिक १५ करोड १५ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

नेसनल हाइड्रोपावरको १५ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज हिमालयन डिस्टिलरीको १४ करोड ९७ लाख रुपैयाँ, महालक्ष्मी विकास बैंकको १४ करोड ४५ लाख रुपैयाँ, नेपाल टेलिकमको १३ करोड ९२ लाख रुपैयाँ, अपी पावरको १३ करोड २१ लाख रुपैयाँ, नेपाल बैंकको १२ करोड ४५ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ११ करोड ५७ लाख रुपैयाँ, अरुण काबेली पावरको ११ करोड ३९ लाख रुपैयाँ र अप्पर तामाकोशीको ११ करोड ३६ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने कम्पनीहरू:

आज २ वटा कम्पनीको सेयर मूल्यमा पोजिटिभ सर्किट लागेको छ। मेरो मोइक्रोफाइनान्सको सेयरभाउमा १० प्रतिशत तथा एक्सेल डेभलपमेन्ट बैंकको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो।

आज जनउत्थान सामुदायिक लघुवित्तको सेयरधनीहरुले सर्वाधिक गुमाएका छ। यो लघुवित्तको सेयरभाउ ७ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।

IME Life
kumari