citizens life insurance long ad
stcnepal long ad

राप्रपाको नयाँ नेतृत्व छान्न मतदान जारी

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । काठमाडौंमा आयोजित राप्रपाको एकता महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयन गर्न आज शनिबार बिहान आठ बजेदेखि मतदान सुरु भएको छ ।

अध्यक्ष पदमा कमल थापा र राजेन्द्र लिङ्देन उम्मेदवार रहेकन छन् । उनीहरुबीच तीव्र प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । दुवैले आफूले जित्ने बताउँदै आएका छन् ।

राप्रपाको नेतृत्व लामो समयदेखि गर्दै थापालाई लिङ्देनले चुनौती दिने नेता–कार्यकर्ताहरु बताएका छन् । राप्रपाको १ सय ९९ सदस्यीय कार्यसमितिमध्ये मतदानबाट अध्यक्षसहित एक सय ४९ सदस्य चुनिने छन् । बाँकी ५० जना अध्यक्षले मनोनित गर्ने राप्रपाको संशोधित विधानमा उल्लेख छ । समावेशीसहित १४१ केन्द्रीय सदस्यका लागि २ सय ६४ जनाले उम्मेदवारी दिएका छन् ।

आठ सदस्यीय पदाधिकारीका लागि १६ जनाको उम्मेदवारी परेको छ । पदाधिकारीमा एक महिलासहित चार उपाध्यक्षका लागि आठ जना र एक महिलासहित तीन महामन्त्रीका लागि ६ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

IME Life
kumari