citizens life insurance long ad
stcnepal long ad

लक्ष्मी बैंकले ल्यायो डिजिटल डिसेम्बरको तेस्रो संस्करण

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बैंकिङ क्षेत्रमा प्राविधिक तहमा अग्रणी रुपमा रहेको लक्ष्मी बैंक लि।ले आफ्ना ग्राहकलाई सधैँ डिजिटल बैंकिङ प्रयोग गर्न प्रोत्साहन गर्ने गरेको छ। त्यसै क्रममा लक्ष्मी बैंकले आफ्नो वार्षिक योजना डिजिटल डिसेम्बरको तेस्रो संस्करण ल्याएको छ।

डिजिटल डिसेम्बर नाम गरिएको सो योजनाले विभिन्न पुरस्कार र छुटहरुको माध्यमद्वारा ग्राहकलाई डिजिटल बैंकिङ प्रविधिहरुको प्रयोग गर्न प्रोत्साहन गर्दछ। यो एकमहिने अभियानको उद्देश्य ग्राहकलाई बैंकको डिजिटल बैंकिङ सेवाहरुमा दर्ता तथा सक्रिय गराई तिनको प्रयोग गर्न आकर्षित गर्नु रहेको छ।

डिजिटल डिसेम्बरको यस संस्करण क्यूआर भुक्तानीको प्रवर्द्धन गर्नमा केन्द्रित छ र लक्कीड्रद्वारा आफ्ना ग्राहकलाई क्यूआर भुक्तानी गर्न र व्यवसायीहरुलाई क्यूआरबाट लेनदेन गर्न प्रोत्साहन गर्दछ।

यस योजना अन्तर्गत डिजिटल डिसेम्बरभरि हरेक हप्ता तीन जना भाग्यशाली क्यूआर व्यवसायीहरुले रु. ५ हजार नगद पुरस्कार जित्न सक्नेछन् भने प्रत्येक दिन ५ जना भाग्यशाली क्यूआर भुक्तानी गर्ने ग्राहकले रु. ५०० सम्मको ५० प्रतिशत क्यासब्याक जित्न सक्ने छन्।

यसका साथै यस योजनाको अवधिभरि मोबाइल मनीका नयाँ प्रयोगकर्ताले मोबाइल मनीमार्फत रु. १ हजारभन्दा बढीको कुनै पनि कारोबार गर्ने ग्राहकमध्ये ५०० जना भाग्यशाली ग्राहकले डिसेम्बर महिनाको अन्त्यमा रु. ५०० क्यासब्याक पाउन सक्ने छन्।

यसका साथसाथै डिजिटल कारोबारलाई थप प्रोत्साहन गर्न डिजिटल डिसेम्बर महिनाभरि मोबाइल मनी सब्स्क्राइब गर्ने सबैले एक महिना सो सेवा निःशुल्क पाउन सक्ने छन्।

डिजिटल डिसेम्बरको यो संस्करण सुरु भइसकेको छ। लक्ष्मी बैंकले यसअन्तर्गतका पुरस्कारका योजनाहरु यसै सातादेखि सार्वजनिक गर्दै जानेछ।

थप जानकारीका लागी लक्ष्मी बैंकको सामाजिक सञ्जालहरु हेर्न सकिनेछ भने लक्ष्मी बैंकको भाइबर कम्युनिटीमा सामेल हुन सकिनेछ।

IME Life
kumari