stcnepal long ad

सेयर बजारमा सामान्य सुधार

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सेयर बजारमा बुधबार सामान्य सुधार देखिएको छ। बजार आज ५.२८ अंकले सामान्य सुधार भएको छ। योसँगै नेप्से परिसूचक २६३३.६५ को विन्दुमा उक्लिएको छ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.८९ अंकले बढेर ४९६.७४ को विन्दुमा पुगेको छ। कारोबार रकम भने हिजोको तुलनामा घटेर पौने ३ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।

लगानीकर्ताहरु अझै पनि पर्ख र हेरको अवस्थामा रहेको बताउँछन्।पुस–माघसम्म बजार सामान्य घटबढ हुन सक्छ। अहिले सेयर बजारमा कारोबार घट्नु स्वाभाविक नै हो।

किनकि बजार साइडवेजमा चलिरहेको छ। अझै पनि राम्रा कम्पनीहरुमा खरिदचाप देखिन्छ। कोरोनाको नयाँ भेरिएन्ट कस्तो असर गर्ला भनेर लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा छन्।

त्यही भएर अहिले लगानीकर्ता आक्रामक ढंगले कारोबारमा नउत्रिएको देखिन्छ।घट्दो बजारमा लगानीकर्ता आफूसँग भएको सेयर सस्तो बेच्न नचाहिरहेको पनि देखिन्छ, सोही कारण बजारमा कारोबार घटेको विश्लेषण भइरहेको छ।

आज नेप्से उपसमूहमा १३ वटा समूहमध्ये ९ वटामा हरियाली छाएको छ भने ४ वटामा रातो पोतिएको छ। आज अन्य समूह सर्वाधिक ०.९५ प्रतिशतले उकालो लागेको छ। उत्पादन तथा प्रशोधन समूह ०.८९ प्रतिशतले बढेको आज बैंकिङ समूहमा ०.०९ प्रतिशत, व्यापार समूहमा ०.४३ प्रतिशत, विकास बैंक समूहमा ०.१६ प्रतिशत, जलविद्युत समूहमा ०.२३ प्रतिशत, वित्त समूहमा ०.२८ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.०३ प्रतिशत र लगानी समूहमा ०.१९ प्रतिशतको बढेको छ।

आज होटेल तथा पर्यटन समूह सर्वाधिक ०.५५ प्रतिशतले ओरालो लागेको छ। निर्जीवन बीमा समूह ०.१९ प्रतिशतले घटेको आज लघुवित्त समूहमा ०.१२ प्रतिशत र जीवन बीमा समूहमा ०.०३ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु :

आज नेप्सेमा सूचीकृतमध्ये २२३ कम्पनीका ५३ लाख १० हजार २१५ कित्ता सेयर २ अर्ब ७४ करोड २० लाख ८५ हजार ७०४.३४ रुपैयाँमा किनबेच भएका छन्। आज नेपाल टेलिकमको सर्वाधिक १४ करोड ५३ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

हिमालयन डिस्टिलरीको १० करोड ५१ लाख रुपैयाँ बराबरको कारोबार भएको आज महिला लघुवित्तको ९ करोड ५ लाख रुपैयाँ, नेसनल हाइड्रोको ८ करोड ५१ लाख रुपैयाँ, महालक्ष्मी विकास बैंकको ७ करोड ४३ लाख रुपैयाँ, अपी पावरको ७ करोड २ लाख रुपैयाँ, एचआईडीसीएलको ६ करोड ३३ लाख रुपैयाँ, मुक्तिनाथ विकास बैंकको ६ करोड ३० लाख रुपैयाँ, समृद्धि फाइनान्सको ६ करोड १० लाख रुपैयाँ र नबिल बैंकको ५ करोड ५८ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउनेहरू:

आज २ वटा कम्पनीको सेयर भाउमा पोजिटिभ सर्किट लागेको छ। सामलिङ्ग पावर र न्यादी हाइड्रोपावरको सेयर मूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो। यो दिन कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरभाउ पनि ९ प्रतिशत बढीले उकालो लागेको छ। यो दिन आईसीएफसी फाइनान्सका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ६ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।