राष्ट्रिय बिमा कम्पनीमा सिइओ पदका लागि दरखास्त आह्वान
काठमाडौँ । राष्ट्रिय बिमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा दरखास्त आह्वान भएको छ । आज प्रकाशित पदपूर्ति सम्बन्धी सूचना अनुसार ६५ वर्ष ननाघेका व्यक्तिहरूले आजको मितिबाट १५ दिनभित्र दरखास्त दिन सक्नेछन् ।
यसअघि राष्ट्रिय बिमा कम्पनीमा नेपाल सरकारका उपसचिव डा. डिल्लीराज अर्याल प्रमुख कार्यकारी अधिकृत थिए ।























