नेपाल राष्ट्र बैंकद्वारा गणपति लघुवित्तको लाभांश स्वीकृत
काठमाडौं । नेपाल राष्ट्र बैंकले गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/०७८ का लागि प्रस्ताव गरेको लाभांश स्वीकृत गरेको छ।
राष्ट्र बैंकले सोमबार पत्र पठाउँदै संस्थाले प्रस्ताव गरेको चुक्ता पुँजी १२ करोड ७३ लाख ५६ हजार ७५० रुपैयाँको कुल २० प्रतिशत लाभांश स्वीकृत गरिएको जानकारी गराएको संस्थाले जनाएको छ।
संस्थाले १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। अब प्रस्तावित लाभांश आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गरी वितरण गरिने संस्थाले जनाएको छ।


























