एनआईबिएल सहभागिता फन्डका इकाइ खरिदको भुक्तानी अब ई–सेवाबाट गर्न सकिने
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटल लिमिटेडले आफ्नो ग्राहकको सुविधालाई मध्यनजर राखी हिजो मंसिर ६ गतेदेखि ई–सेवाका माध्यमबाट पनि एनआईबिएल सहभागिता फन्ड (खुलामुखी योजना) का इकाइ खरिदको भुक्तानी गर्न सक्ने व्यवस्था मिलाएको जनाएको छ।
यसअघि एनआईबिएल सहभागिता फन्डका लगानीकर्तालाई कनेक्ट आईपीएस, खल्ती र नेपाल इन्भेष्टमेन्ट बैंकको ई–बैंकिङबाट मात्रै यो सेवा प्रदान गरिरहेको थियो।
योजना व्यवस्थापक प्रबन्धक एनआईबिएल एस क्यापिटलले लगानीकर्तालाई बिनाझन्झट खुलामुखी योजनामा लगानी गर्न सहज वातावरण बनाउन निरन्तर प्रयासरत रहेकोदसमेत जनाएको छ।
थप जानकारीका लागि एनआईबिएल एस क्यापिटलको प्रमुख शाखामा सम्पर्क गर्न सकिने छ भने टेलिफोन नम्बर ०१४४२५२८० अथवा [email protected] मा ई–मेल गर्न सकिने कम्पनीले जनाएको छ।


























