लघुवित्त संस्थाहरुले संगठित संस्थाका सेयरमा लगानी गर्न नपाउने
Nepal Rastra Bank
काठमाडौं । अब लघुवित्त संस्थाहरुले कुनै पनि संगठित संस्थाका सेयरमा लगानी गर्न नपाउने भएका छन्।
नेपाल राष्ट्र बैंकले हिजो मंसिर ७ गते मंगलबार लघुवित्त वित्तीय संस्थाहरुलाई एकीकृत निर्देशन, २०७७ मा संशोधन, परिमार्जन र थप गर्दै यस्तो व्यवस्था गरेको जनाइएको छ।
यो व्यवस्था अनुसार अब लघुवित्त संस्थाले संगठित संस्थाका सेयर, ऋणपत्र तथा सामूहिक लगानी कोषमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लगानी गर्न पाउने छैनन्। हाल कायम रहेका यस्ता लगानी २०७९ साल असार मसान्तभित्रमा विनिवेश गरि सक्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको जनाएको छ।
यसअघि भने लघुवित्त संस्थाहरुले अन्य लघुवित्त संस्थाहरुद्घारा जारी भएका सेयर सुरक्षणपत्र वा अन्य कुनै पुँजी उपकरणहरुमा लगानी गर्न नपाइने व्यवस्था गरेको थियो।
नयाँ व्यवस्था अनुसार अब लघुवित्त संस्थाहरुले कुनै पनि संगठित संस्थाको सेयर, ऋणपत्र तथा सामूहिक लगानी कोषमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लगानी गर्न नपाउने भएका छन्।























