citizens life insurance long ad
stcnepal long ad

सिटी होटेलले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिटी होटेल लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि (कम्पनीका कर्मचारी र सामूहिक लगानी कोष समेत) जारी पुँजीको १० प्रतिशतले हुन आउने प्रतिसेयर अंकिम मूल्य रु. १०० मा आईपीओ निष्कासन गर्ने जनाएको छ।

सिटी होटेलले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई आईपीओ निष्कासन तथा प्रबन्धकमा नियुक्त गरेको छ।

यस सम्बन्धमा कम्पनी र क्यापिटलबीच हिजो मंसीर ७ गते धितोपत्र निष्कासन तथा बिक्री प्रबन्ध सम्बन्धी सम्झौता सम्पन्न भएको थियो। कम्पनीका कार्यकारी निर्देशक अक्षाय गोल्याणको उपस्थितिमा सम्झौतापत्रमा कम्पनीको तर्फबाट अध्यक्ष शक्तिकुमार गोल्याण र क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले हस्ताक्षर गरेका थिए।

कम्पनीले मिति गत कात्तिक १५ गतेबाट काठमाडौं सोल्टीमोडमा पाँचतारे होटल हयात प्लेस सञ्चालनमा ल्याएको छ। उक्त होटलमा गोल्याण ग्रुप, कमलेश अग्रवाल, हरिशचन्द्र सुवेदी लगायतका देशका प्रख्यात उद्यमी व्यापारी वर्गहरुको लगानी रहेको छ।

कुल १५३ वटा कोठा रहेको उक्त पाँचतारे होटलमा लाइभ म्युजिकसहितको रेष्टुरेन्ट, ब्यांक्वेट हल, जिम, स्विमिङ पुल र ४०० जना सम्मको क्षमता भएको कन्फरेन्स हल लगायतका सुविधाहरु रहेका छन्।

अमेरिकामा रहेको ह्यात होटेल्स कर्पोरेसनको चेन ब्राण्डका रुपमा विश्वका विभिन्न देशहरुमा १ हजार वटाभन्दा बढी अन्तर्राष्ट्रियस्तरको हयात होेटलहरु स्थापना भई सञ्चालन भइरहेका छन्। सोही अन्तर्राष्ट्रिय ब्राण्डका रुपमा हयात प्लेस सोल्टिमोडमा पाँचतारे होटेलका रुपमा विश्वस्तरीय सुविधाहरुसहित सञ्चालनमा आएको हो।

IME Life
kumari