citizens life insurance long ad
stcnepal long ad

निक्षेप बचतमा सुधार : सिडि रेसियो बढयो

गत मंसिर २ गतेसम्म बैंकहरुको औसत सीडी रेसियो ९०.१५ प्रतिशत रहेकोमा बढेर ९०.१८ प्रतिशत पुगको छ। अन्तर बैंक ब्याज दर भने ४.९६ प्रतिशत रहेको बताइएको छ।

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरु निक्षेप संकलनमा सुधार आउने क्रम जारी नै रहेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत मंसिर ४ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ४७ खर्ब ९६ अर्ब रुपैयाँ पुगेको छ।

जुन मंसिर २ गतेको तुलनामा ४ अर्ब रुपैयाँले बढी हो। गत मंसिर २ गते बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ४७ खर्ब ९२ अर्ब रुपैयाँ रहेको बताइएको छ।

यसैगरी गत मंसिर ४ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप पनि बढेर ४२ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ। गत मंसिर २ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब २६ अर्ब रुपैयाँ थियो। यो हिसाबले वाणिज्य बैंकहरुको निक्षेप संकलनमा पनि सुधार देखिएको पाइएको छ।

राष्ट्र बैंकको तथ्यांक अनुसार गत मंसिर ४ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४० खर्ब ४४ अर्ब रुपैयाँ पुगेको छ। गत मंसिर २ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४० खर्ब ४० अर्ब रुपैयाँ रहेको थियो। कर्जा लगानी पनि ४ अर्ब रुपैयाँले बढेको देखिन्छ।

मंसिर ४ गतेसम्म भने बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ४५ खर्ब ५३ अर्ब रुपैयाँ पुगेको छ। जुन गत मंसिर २ गतेसम्म ४५ खर्ब ४८ अर्ब रुपैयाँ रहेको छ। निक्षेपमा सुधार आए पनि सीडी रेसियो भने ९० प्रतिशतभन्दा माथि नै रहेको छ। गत मंसिर २ गतेसम्म बैंकहरुको औसत सीडी रेसियो ९०.१५ प्रतिशत रहेकोमा बढेर ९०.१८ प्रतिशत पुगको छ। अन्तर बैंक ब्याज दर भने ४.९६ प्रतिशत रहेको बताइएको छ।

IME Life
kumari