सबैको लघुवित्तका सेयर धनीहरूले बम्पर लाभांश पाउने
काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो वार्षिक साधारणसभा बोलाएको छ। संस्थाको सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभा आगामी पुस ३ गते आयोजना गर्ने निर्णय गरेको छ।
सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्ता पुँजीको कुल ३२.६८ प्रतिशत लाभांश अनुमोदन गर्ने जनाएको छ।
प्रस्तावित लाभांशमा ३१.०५ प्रतिशतले हुन आउने बोनस सेयर र १.६३ प्रतिशतले हुन आउने नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्। लाभांश र वार्षिक साधारण सभा प्रयोजनका लागि संस्थाले मंसिर १७ गतेदेखि पुस २ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।
यसको अर्थ मंसिर १६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुने छन्।
























