stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आज एनआइसी एसिया लघुवित्तको वार्षिक साधारण सभा बस्दै, सेयरधनीलाई ५.४१प्रतिशत नगद लाभांश

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको आज आइतबार मंसिर ५ गते वार्षिक साधारण सभा बस्दैछ । सभामा गत वर्षको नाफाबाट ५.४१प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।

साथै, संस्थापक सेयरधनी समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि छ ।

सभा प्रयोजनका लागि कम्पनीले कात्तिक २३ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, कात्तिक २२ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र लाभांश पाउने छन् ।

सभा धरान ब्यांकेट एन्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि, धरान उपमहानगरपालिका वडा नं १३ मा  हुने कम्पनीले जनाएको छ ।

prabhu mahalaxmi
kumari