stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

प्रहरीका तीन डिआईजीको सरूवा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल प्रहरीका तीन डिआईजीको सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले डिआईजीत्रय मुकुन्द आचार्य, प्रकाश अधिकारी र वसन्त लामाको सरुवा गरेको बुझिन आएको छ।

लुम्बिनी प्रदेशमा रहेका मुकुन्द आचार्यलाई हटाएर प्रकाश अधिकारीलाई पठाइएको छ। यसअघि अधिकारी प्रहरी प्रधान कार्यालय मातहत प्रबन्ध शाखामा थिए।

अधिकारीको ठाउँमा डिआईजी बसन्त लामाका सरुवा भएको छ। लुम्बिनी प्रदेशका डिआईजी आचार्यको लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरमा सरुवा भएको छ।

काठमाडौं र ललितपुर परिसर प्रमुख फेरिए

गृह मन्त्रालयले चार जना एसएसपीको सरुवा गरेको छ । काठमाडौं प्रहरी परिसरको जिम्मेबारी एसएसपी सुदिप गिरीलाई दिएको छ । काठमाडौं प्रहरी प्रमुुख रहेका एसएसपी अशोक सिंहलाई भरतपुर तालिम केन्द्र सरुवा गरिएको छ ।

उनी काठमाडौं परिसर आएको एक वर्ष पुगेपछि सरूवा भएका हुन। उनलाई गृह मन्त्री बालकृष्ण खाणले दशैं अघिनै सरूवा गर्न लागेका थिए। तर प्रधानमन्त्री शेर बहादुर देउवाको हस्तक्षेपले रोकिएका थिए।

यस्तै ललितपुर प्रहरी परिसर प्रमुखमा एसएसपी यज्ञबिनोन्द पोखरेलको सरुवा भएको छ । ललितपुर प्रहरी प्रमुख किरण बज्राचार्यलाई प्रहरी प्रधान कार्यालय अन्वेषण शाखामा सरुवा गरिएको स्रोतले जनाएको छ ।

prabhu mahalaxmi
kumari