stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

भिसा लागेर पनि ५० हजार कामदार जान पाएनन, गइसकेका ३३६ लाई फिर्ता लैजान नेपाललाई दबाब

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । सोमबार, १० चैत्र २०७६

काठमाडौं । खाडी क्षेत्रका विभिन्न मुलुकका रोजगारदाताले नेपाली कामदारलाई फिर्ता लैजान दबाब दिन थालेका छन् । संसारभर फैलिएको कोरोना भाइरसका कारण धमाधम कम्पनी बन्द हुन थालेपछि युएईका आबुधाबी र दुबई तथा बहराइनका सेवा क्षेत्रका रोजगारदाताले नेपाली म्यानपावर व्यवसायीलाई कामदार फिर्ता लैजान दबाब दिएको वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ ।

यी देशका विभिन्न आठवटा कम्पनीले कामदार फिर्ता लैजान नेपाली म्यानपावर व्यवसायीलाई पत्राचार गरिसकेका छन् । ती कम्पनीमा तीन सय ३६ नेपाली कामदार कार्यरत छन् ।

संघका महासचिव सुजित श्रेष्ठका अनुसार दुबईका इन्टरकन्टिनेन्टल होटेलले एक सय २०, मिलेनियम एयरपोर्ट होटेलले ४, ग्यान्ड कज्मोपोलिटन १९ र अरबियन होटेल गु्रपले ७ नेपाली कामदारलाई फिर्ता पठाउन पत्राचार गरेको छ । त्यस्तै, बहराइनको फोर सिजन होटेलले ४८, आबुधाबीका क्राउन प्लाजा होटेलले ७८, आबुधाबी गल्फ क्लबले १३, र (याडिसन होटेलले ४७ कामदार फर्काउने भएको छ ।

लक डाउनका कारण यी कम्पनी बन्द भएका छन् । आर्थिक अवस्थामा नाजुक हुने भएपछि उनीहरूले कामदार फिर्ता पठाउने तयारी गरेको महासचिव श्रेष्ठले बताए । तर, कामदार फिर्ता ल्याउन नेपाल सक्षम नभएको उनको दाबी छ । वैदेशिक रोजगार विभागका अनुसार विश्वका विभिन्न मुलुकमा ४२ लाख नेपाली कामदार छन् ।

जसमध्ये सेवा क्षेत्रमा मात्रै ९३ हजार नौ सय ११ पुरुष र एक सय ७ महिला गरी ९४ हजार १८ कार्यरत छन् । भिसा आएका ५० हजार कामदार रोकिए छुट्टीमा आएका पनि जान पाएनन् कोरोना भाइरसका कारण वैदेशिक रोजगारीमा जानका लागि तयारी अवस्थामा रहेका ५० हजारभन्दा बढी कामदार नेपालमा नै रोकिएका छन् ।

वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठका अनुसार भिसा आएर अन्तिम श्रम स्वीकृति लिएका करिब १७ हजार र भिसा आइसकेका ४० हजार कामदार नेपालमै रोकिएका छन् । त्यस्तै, बिदामा आएर पुनः श्रम स्वीकृति लिएका ७ हजार कामदार पनि रोकिएका छन् ।

श्रम स्वीकृति लिइसकेका कामदारको हकमा भिसा र श्रम स्वीकृतिको अवधि बढाउन पहल गरिने श्रेष्ठले बताए ।

नयाँपत्रिका दैनिकबाट ।

prabhu mahalaxmi
kumari