stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

छैठौँ आयुर्वेद दिवस आयोजना

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आयुर्वेद दिवसको उपलक्ष्यमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतीय राजदूतावास, काठमाडौं र आयुर्वेद क्याम्पस, चिकित्सा शास्त्र अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालयले संयुक्त रुपमा “आरोग्य सप्ताह” को आयोजना गयो । उक्त सप्ताहव्यापी उत्सवको अवसरमा “आरोग्यको लागि आयुर्वेद–सम्भावना र चुनौती” शीर्षकमा एक अन्तर्राष्ट्रिय वेबिनारको आयोजना गरियो । आयुर्वेद दिवस (धन्वंतरी जयन्ती) नेपालमा राष्ट्रिय आरोग्य दिवसको रूपमा पनि मनाइन्छ ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा. डा. शिवलाल भुसाल, चिकित्सा शास्त्र अध्ययन संस्थानका सहायक डिन प्रा. डा. प्रदीप वैद्य, आयुर्वेद क्याम्पसका क्याम्पस प्रमुख डा. शिव मंगल प्रसाद लगायत अन्य शिक्षाविद्हरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा भारतीय दूतावासका प्रेस, सूचना तथा संस्कृति प्रभागका प्रथम सचिव  नवीन कुमारको पनि उपस्थिति रहेको थियो । वहाँले विशेषगरी कोभिड–१९ महामारीको समयमा आयुर्वेदको उपयोगिताबारे प्रकाश पार्नु भएको थियो । वेबिनारमा भारत, नेपाल र अन्य देशका करिब २०० जना विज्ञ र विद्यार्र्थीको सहभागीता थियो ।

अष्टांगम आयुर्वेद चिकित्सालयम र विद्यापीठम, केरला, भारतका प्रधानाध्यापक र प्रमुख चिकित्सक प्रा डा अलाथियुर नारायणन नाम्बी, र इन्स्टिच्युट अफ इन्डिजिनस मेडिसिन, कोलम्बो विश्वविद्यालय, श्रीलंकाका डा. एस.एम.एस समाराकुनले मुख्य वक्ताको रूपमा आफ्ना विचार प्रस्तुत गर्नुभएको थियो ।
यो कार्यक्रम भारतको स्वतन्त्रताको ७५ वर्षको उपलक्ष्यमा वर्षभरी मनाउन गइरहेको आजादीको अमृत महोत्सवको एक हिस्साको रूपमा आयोजना गरिएको थियो ।

prabhu mahalaxmi
kumari