stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

वित्तीय पहुँच र स्रोत साधन बागमति प्रदेशमा मात्र थुप्रियो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। बैंक तथा वित्तीय संस्थामा पहुँच तथा स्रोतसाधन परिचालन बागमति प्रदेशमा अधिकेन्द्रीत रहेको नेपाल राष्ट्रिय बैंकको एक अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागले गरेको अध्ययनमा यस्तो अवस्था देखिएको राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थामा पहुँच तथा साधन परिचालन कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने न्यून देखिएको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा बैंक तथा वित्तीय संस्थाको कुल शाखा संख्यामध्ये सबैभन्दा बढी ३४ प्रतिशत बाग्मती प्रदेशमा र सबैभन्दा कम ४ प्रतिशत कर्णाली प्रदेशमा रहेको अध्ययनको क्रममा देखिएको राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाबाट परिचालन भएको कुल निक्षेपको ६८.१ प्रतिशत र कुल कर्जाको ५६.६ प्रतिशत बाग्मती प्रदेशमा रहेको छ । अध्ययन प्रतिवेदन सार्वजनिक गर्ने क्रममा राष्ट्र बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘कर्णाली प्रदेशमा निक्षेप परिचालन र कर्जा प्रवाह दुवै न्यून रहेको देखिएको छ ।’

अध्ययनमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाको तुलनामा लघुवित्त वित्तीय संस्थाहरूको वित्तीय पहुँच तथा वित्तीय स्रोत परिचालन प्रदेशगत रूपमा बढी सन्तुलित देखिएको छ ।

पछिल्ला वर्षहरूमा बाग्मती प्रदेशको तुलनामा अन्य प्रदेशमा साधन परिचालन क्रमिक रूपमा विस्तार भइरहेको अध्ययनले देखाएको छ । सहुलियतपूर्ण कर्जा र पुनरकर्जाको पहुँच बाग्मतीबाहेकका प्रदेशहरूमा उत्साहजनक रूपमा बढेको छ ।

औद्योगिक उत्पादन, कृषि तथा अन्य प्राथमिकता प्राप्त क्षेत्र कर्जाको वितरण क्रमिक रूपमा सन्तुलित हुँदै गएको समेत अध्ययनको क्रममा देखिएको छ । तथापि, वित्तीय पहुँच न्यून रहेका प्रदेशहरूमा साधन परिचालन अभिवृद्धि गर्न माग पक्षमा सुधार गर्नुपर्ने राष्ट्रबैंकको सुझाव छ ।

वित्तीयपहुँच अभिवृद्धि गर्दै भौगोलिक र प्रादेशिक आधारमा समेत वित्तीय संस्थाको उपस्थिति र साधन परिचालन प्रभावकारी बनाउने कार्य नेपाल राष्ट्र बैंकको प्राथमिकतामा रहँदै आएको र यही सन्दर्भमा नेपालको संघीय संरचना अनुसार वित्तीय साधन परिचालनको स्थिति पहिचान गर्ने उद्देश्यले अनुसन्धान विभागले फाइनान्सियल सेक्टर्स रिसोर्स मोविलाइजेसन अण्डर फेडेरल स्ट्रक्चर अफ नेपाल विषयक अध्ययन सम्पन्न गर्दा यस्तो नतिजा देखिएको जनाएको छ।

अध्ययनले मूलतः प्रदेशगत आधारमा वित्तीय संस्थाहरूको पहुँच, निक्षेप परिचालन र कर्जा प्रवाहको स्थिति विश्लेषण गरेको छ । यसबाहेक गरिब, विपन्न, वेरोजगार र महिलालगायतले सञ्चालन गरेका व्यवसाय प्रवर्धन गर्न कार्यान्वयनमा ल्याइएको सहुलियतपूर्ण कर्जा तथा पुनरकर्जा सुविधाको समेत प्रदेशगत विश्लेषण गरिएको छ ।

वित्तीय पहुँच र साधन परिचालनको विश्लेषणमा सम्पूर्ण बैंक तथा वित्तीय संस्था, गैरबैंकिङ वित्तीय संस्था र सहकारी संस्थाहरूसमेत समेटिने भएतापनि यो अध्ययन मूलतः वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको शाखा विस्तार र कारोबारमा केन्द्रित थियो ।

prabhu mahalaxmi
kumari