stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

चन्द्रागिरिका महाप्रबन्धक शाहलाई वल्र्ड बुक अफ रेकर्डस् सम्मान

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बेलायतस्थित वल्र्ड बुक अफ रेकर्डस्ले हस्पिट्यालिटी र पर्यटन क्षेत्रमा पु¥याउनु भएको अतुलनीय योगदानको लागि चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेक बिक्रम शाहलाई सम्मानित गरेको छ ।

आइतबार आयोजित एक विशेष कार्यकमका वीच सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनले शाहलाई उक्त सम्मानबाट सम्मानित गर्नुका साथै शाहलाई आगामी दिनहरुमा पनि उल्लेखनीय कार्य गर्नको लागि शुभकामना व्यक्त भएको छ ।

व्यवसायिक र सामाजिक क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्ने प्रभावशाली व्यक्तित्वहरुलाई सम्मान गर्दै जाने परम्परा अनुरुप उक्त सम्मानबाट शाहलाई सम्मानित गरिएको वल्र्ड बुक अफ रेकर्डस् नेपाल च्याप्टरका अध्यक्ष सागर कटुवालले बताउनुभयो ।

उक्त सम्मान कार्यक्रममा “वल्र्ड रेकर्ड होल्डर्स एण्ड एचिभर्स एसोसियसन नेपाल”का अध्यक्ष हरि गोपाल प्रधान पनि उपस्थिति थिए ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल तथा रिर्सोट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

 

prabhu mahalaxmi
kumari