stcnepal long ad
ime life insurance
global ime bank long

राष्ट्र बैंकद्वारा पुनरकर्जाका लागि आवेदन आवह्रान

कोभिडबाट अतिप्रभावित तथा मध्य प्रभावित क्षेत्रहरुमा प्रवाहित कर्जाहरु आवेदनका लागि योग्य हुने राष्ट्र बैंकले जनाएको छ ।

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई एकमुष्ट रुपमा प्रदान हुने पुनरकर्जाका लागि आज आवेदन आह्वान गरेको छ । राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गरी इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई एकमुष्ट रुपमा प्रदान हुने पुनरकर्जाका लागि आवेदन आह्वान गरेको छ ।

नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि २०७७ (तेस्रो संशोधन सहित) को बुँदा नं. ९ (१) बमोजिम एकमुष्ट रुपमा प्रदान हुने लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा, साधारण पुनरकर्जा तथा विशेष पुनरकर्जाका लागि आवेदन माग गरिएको छ ।

कोभिडबाट अतिप्रभावित तथा मध्य प्रभावित क्षेत्रहरुमा प्रवाहित कर्जाहरु आवेदनका लागि योग्य हुने राष्ट्र बैंकले जनाएको छ । आवेदन दर्ता गर्दा नेपाल राष्ट्र बैंकको पुनकर्जा कार्यविधिको अनुसूची १ बमोजिमको ढाँचामा गर्नु पर्नेछ ।

इजाजतपत्र प्राप्त संस्थाको सञ्चालक समितिको निर्णय हुनु पर्नेछ । ग्राहक ऋणीको विवरण राष्ट्र बैंकको रिर्पोटिङ पोर्टलमा तोकिएको ढाँचामा हुनु पर्नेछ भनिएको छ । आवेदनका लागि राष्ट्र बैंकले केही सर्तहरु पनि अघि सारेको छ ।

जस अनुसार संस्थाले माग गर्ने कुल पुनरकर्जा रकम संस्थाको पुँजीको अधिकतम २५ प्रतिशतसम्म हुनुपर्नेछ। यसैगरी हाल एकमुष्ट पुनरकर्जा उपयोग गरिरहेका ऋणीहरु यस आह्वानमा पुनः आवेदन दिन योग्य हुने छैनन् ।

एकभन्दा बढी बैंक तथा वित्तीय संस्थामार्फत कर्जा उपयोग गरेका ऋणीको हकमा एक बैंक तथा वित्तीय संस्थामार्फत मात्र आवेदन भएको व्यहोरा आवेदकले सुनिश्चित गरेको हुनु पर्नेछ भनिएको छ । पुनरकर्जा लागि आवेदन गर्दा लघु, घरेलु तथा साना उद्यम क्षेत्रका ऋणीलाई अधिकतम मात्रामा समेट्ने गरी आवेदन गर्नु पर्नेछ ।

आवेदनका लागि कर्जा छनोट गर्दा प्रत्येक शाखाबाट न्यूनतम ५ वटा ग्राहक ऋणी समेटिएको हुनु पर्नेछ। आवेदन पेस गर्ने बैंक तथा वित्तीय संस्थाको पुँजीकोष अनुपात राष्ट्र बैंकले तोके बमोजिम पुगेको हुनु पर्नेछ। आवेदन दिने अन्तिम म्याद मंसिर १९ गतेसम्म तोकिएको जनाइएको छ

prabhu mahalaxmi
kumari