citizens life insurance long ad
stcnepal long ad

२१ अर्बवाट ३ अर्बको कारोवारमा झर्यो सेयर बजार

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । निरन्तर घटेको सेयर बजारमा यो सातादेखि फेरि चमक आउन थालेको छ। विगत तिनदिनमा नेप्से २ सय अंकले बढेको छ। तर कारोबार रकम भने घटदैछ।

केही समय पहिले २१ अर्बसम्म कारोबार भएको सेयर बजार गत असोज महिनादेखि सुस्ताएर ३ अर्बको हाराहारीमा सीमित भएको थियो। यो साताको सुरुआतीदेखि बढ्दै गरेको सेयर बजारमा हिजोपनि कारोबार र इन्डेक्स दुवै बढेको छ।

बजारमा हिजो पनि केही नाम चलेका ब्रोकर कम्पनीले नै बढी कारोबार गरेको देखिन्छ। आजको ६ अर्ब ३१ करोड रुपैयाँको सेयर कारोबार भएको छ । सबैभन्दा बढी कारोबार गर्ने ब्रोकरमा नासा सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ५८) देखिएको छ।

नासाले सेयर बिक्रीभन्दा खरिद बढी गरेको देखिन्छ। नासाले हिजो ४७ करोड ३२ लाख रुपैयाँ बराबरको सेयर खरिद गरेको छ भने ३९ करोड ५५ लाख ७२ हजार रुपैयाँ बराबरको सेयर बिक्री गरेको छ।

त्यसैगरी दोस्रो उच्च कारोबार गर्ने ब्रोकरमा अनलाइन सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४९) रहेको छ। यो ब्रोकरले खरिदभन्दा बढी बिक्री गरेको छ। यो ब्रोकरले ३१ करोड ८५ लाख रुपैयाँ बराबरको सेयर बिक्री गर्दै २३ करोड २९ लाख रुपैयाँ बराबरको सेयर खरिद गरेको छ।

यस्तै तेस्रोमा भिजन सेक्युरिटिज स्टक (ब्रोकर नम्बर ३४) रहेको छ। भिजनले २७ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर खरिद गरेको छ भने २६ करोड ७४ लाख रुपैयाँ बराबरको सेयर बिक्री गरेको छ।

चौथोमा इम्पेरियल सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४५) छ । यो ब्रोकरले २६ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर खरिद गरेर २७ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर बिक्री गरेको छ।

यस्तै पाँचौं नम्बरमा सनी सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४२) ले ३० करोड ९७ लाखको सेयर खरिद गरेको छ भने १८ करोड ५४ लाख बराबरको सेयर बिक्री गरेको छ । छैटौंमा आर्यतारा सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ५७) ले २४ करोड रुपैयाँ बराबरको सेयर खरिद गरेको छ। यो ब्रोकरले २२ करोड ७६ लाख रुपैयाँ बराबरको सेयर बिक्री गरेको छ।

यसैगरि सातौं नम्बरमा दिपशिखा धितोपत्र कारोबार कम्पनी (स्टक ब्रोकर नम्बर ३८) रहेको छ। दिपशिखाले २१ करोड ६७ लाख बराबरको सेयर खरिद गरेर २२ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर बिक्री गरेको छ।

यस्तै आठौंमा दक्षिणकाली सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३३)ले २० करोड ८५ लाख बराबरको सेयर खरिद गरेको छ भने १५ करोड रुपैयाँ बराबरको सेयर बिक्री गरेको छ । नवौंमा एबीसी सेक्युरिटिज (स्टक ब्रोकर नम्बर १७) ले १३ करोड रुपैयाँ बराबरको सेयर खरिद गरेको छ भने २२ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर बिक्री गरेको छ।

त्यसैगरी दसौं नम्बर श्रीकृष्ण सेक्युरिटिज (स्टक ब्रोकर नम्बर २८) रहेको छ। यो ब्रोकरले १४ करोड ३१ लाख रुपैयाँ बराबरको सेयर खरिद गरेर १९ करोड ६० लाख रुपैयाँ बराबरको सेयर बिक्री गरेको जनाएको छ।

IME Life
kumari