citizens life insurance long ad
stcnepal long ad

विद्युतीय कारोबारमा उल्लेख्य वृद्धि, एनसीएचएलबाट रु. ४१.२ खर्बको कारोबार

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाण्डौं । एनसीएचएलले सञ्चालन गर्दै आएका विभिन्न भुक्तानी प्रणालीहरु मार्फत आर्थिक वर्ष २०७८/०७९ को पहिलो त्रैमासमा ४१.२ खर्ब रुपैयाँ बराबरको १ करोड ७१ लाखभन्दा बढी कारोबारहरु प्रोसेस र फछ्र्यौट गरेको जनाएको छ। गत आर्थिक वर्षको तुलनामा उक्त कारोबार संख्याको आधारमा १०७ प्रतिशतले वृद्धि भएको जनाएको छ।

पहिलो त्रैमासमा ईसीसीमा जम्मा २८.९ खर्ब रुपैयाँ बराबरको ४१ लाख ५३ हजारभन्दा बढी चेक कारोबार भएका छन्। बैंकका शाखा तथा एनपीआईबाट आईपीएसमा गरिने कारोबार ५।५ खर्ब रुपैयाँ बराबरको ३२ लाख ८६ हजारभन्दा बढी कारोबार भएका छन्।

त्यस्तैगरी बैंक तथा वित्तीय संस्थाका वैकल्पिक माध्यमबाट गरिने कनेक्टआईपीएसमा ६।९ खर्ब रुपैयाँ बराबरको ९७ लाख ४७ हजारभन्दा बढी कारोबार भएका छन्।

एनपीआईको प्रयोग गरेर आईपीएस र कनेक्ट आईपीएसबाट गरिने कारोबारहरुमा उल्लेख्य वृद्धि भएको छ। विद्युतीय कारोबारको स्वीकार्यता तथा प्रयोग वृद्धिसँगै नेपाल राष्ट्र बैंकको विभिन्न मार्गनिर्देशले नेपालको विद्युतीय कारोबार पछिल्लो समयमा निकै बढ्दै गएको देखिन्छ।

एनसीएचएलले आफ्ना सदस्य बैंक तथा वित्तीय संस्थाहरु, पीएसपी, पीएसओ लगायत विभिन्न संस्थाहरुलाई विद्युतीय भुक्तानीमा ल्याउन आवश्यक पूर्वाधारहरुको विकास र विस्तार गर्दै आएको छ।

यसै क्रममा हाल उपलब्ध भएका पूर्वाधारहरु समेतलाई पुनः प्रयोग र थप गरी एनसीएचएलले राष्ट्रिय भुक्तानी स्वीचको कामसमेत अगाडि बढाएको छ। जसको पहिलो चरणको तयारी सकिएर कार्यान्वयन हुने चरणमा रहेको छ।

IME Life
kumari