citizens life insurance long ad
stcnepal long ad

१९ वटा लघुवित्त कम्पनीले गरे लाभांश घोषणा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लि। (नेप्से) सूचीकृतमध्ये हालसम्म १९ वटा लघुवित्तले गत आर्थिक वर्ष २०७६/०७७ को लाभांश घोषणा गरेका छन्।
अधिकांश लघुवित्त कम्पनीहरूले २० प्रतिशतभन्दा माथि नै लाभांश घोषणा गरेका छन् भने केहीले मात्रै २० प्रतिशतभन्दा कम लाभांश घोषणा गरेका छन्।

हालसम्मको घोषित लाभांश हेर्ने हो भने सबैभन्दा बढी महिला लघुवित्तले लाभांश घोपणा गरेको देखिएको छ। यो लघुवित्तले ४७.५ प्रतिशत बोनस सेयर र २.५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ।

यसैगरी स्वाभिमान लघुवित्तले कुल ३४ प्रतिशत लाभांश घोषणा गरेको छ। जसमा ३२.३ प्रतिशत बोनस सेयर र १.७ प्रतिशत नगद लाभांश रहेका छन्।.सबैको लघुवित्तले पनि ३१.०५ प्रतिशत बोनस र १.६३ प्रतिशत नगद गरी कुल ३२.६३ प्रतिशत लाभांश घोषणा गरेको छ।

यसैगरि सर्पोट लघुवित्तले पनि कुल ३१.५७८९ प्रतिशत लाभांश घोषणा गरेको छ। जसमा ३० प्रतिशत बोनस र १.५७८प्रतिशत नगद लाभांश रहेका छन्।

त्यस्तै ग्लोबल आईएमई लघुवित्त २८ प्रतिशत बोनस सेयर घोषणा गरेको छ भने लक्ष्मी लघुवित्तले २० प्रतिशत बोनस र ७.३६८ प्रतिशत नगद गरी कुल २७.३६८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

आशा, साधना र स्वरोजगार लघुवित्तले समान २५/२५ प्रतिशत बोनस सेयर घोषणा गरेका छन्। साधनाले १,३२ प्रतिशत नगद र आशाले १,३१ प्रतिशत नगद लाभांश घोषणा गरे पनि स्वरोजगार नगद लाभांश घोषणा गरेको छैन। त्यस्तै स्वावलम्बन लघुवित्तले पनि १९ प्रतिशत बोनस र ६ प्रतिशत नगद गरी २५ प्रतिशत लाभांश घोषणा गरेको छ।

यसैगरी २० प्रतिशतभन्दा माथि लाभांश घोषणा गर्नेमा मिर्मिरे, डिप्रोक्स, सिभिल, मेरो माइक्रोफाइनान्स र नेरुडे लघुवित्त रहेका छन्। ,गुराँस लघुवित्तले १७.७९ प्रतिशत, आएसडीसीले १०.५२ प्रतिशत र फर्स्ट माइक्रोफाइनान्सले १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेका छन्।

हालसम्म सबैभन्दा कम एनआईसी एसिया लघुवित्तले ५.४१ नगद लाभांश मात्रै घोषणा गरेको छ। यीमध्ये ६ वटा लघुवित्तले वार्षिक साधारणसभा आह्वान गर्दै बुक क्लोजको मिति तय गरिसकेको थाहा भएको छ।

IME Life
kumari