stcnepal long ad
global ime bank long

तरूण विभागले खेलाडीलाई सम्मान गर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य, पूूर्व मन्त्रि एवं तरुण विभाग प्रमुुख शंकर भण्डारीले घोषणा गरे वमोजिम आज कार्तिक ३ गते राजधानीमा उपलब्ध केन्द्रीय सदस्यहरुको बैठक केन्द्रीय कार्यालय पानीपोखरीमा बसी गत असोज ३० गते माल्दीभ्समा सम्पन्न भएको साउथ एसीयन फुुटबल फेडेरेसन (साफ) खेलमा नेपालको तर्फवाट खेलाडीहरुले उत्कृष्ठ खेल प्रदर्शन गरी नेपालको फुुटवल खेल ईतिहासको २८ बर्ष पछि फाईनल खेलमा प्रवेश गरेको उपलक्ष्यमा तरुण विभागको तर्फवाट काठमाण्डौमा नेपाली फुुटबल खेलाडी, प्रशिक्षक तथा व्यबस्थापकहरुलाई नगद एक लाख एघार हजार रूपैयाँ र सम्मान पत्र द्वारा सम्मान गर्ने निर्णय गरेको छ ।

उक्त पुुरस्कार वितरण तथा सम्मान पत्र प्रदान गर्ने कार्यक्रम सम्पन्न गर्नका लागि तरुण विभाग केन्द्रीय सदस्य पासाङ्ग नोर्बुु शेर्पाको संयोजकमा सात सदस्य समितिलाई जिम्मेवारी प्रदान गरिएको तरूण विभागका प्रमुख शंकर भण्डारीले एक विज्ञाप्ती प्रकाशित गरि जनाएका छन ।

No description available.

IME Lifesidebar
kumari