stcnepal long ad
ime life insurance
national life
global ime bank long

सानिमा बैंकको दुई शाखा उदघाटन

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं। सानिमा बैंक लिमिटेडले आज असोज २४ गतेबाट ललितपुरको मंगलबजार र बालकुमारीमा दुई शाखा कार्यालय उदघाटन गरि बैंकिङ सेवा विस्तार गरेको जनाएको छ।

बैंकको मंगलबजार शाखा कार्यालयको उदघाटन ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्याल र ज्यापू समाज ललितपुरका अध्यक्ष तीर्थलाल महर्जनले एक समारोहका बीच गरेका छन।

यस्तै बालकुमारी कार्यालयको उदघाटन ललितपुर महानगरपालिका वडा नं ( ८ का अध्यक्ष हेम महर्जन, ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष मनोजबहादुर न्याछ्यं र बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत पवनकुमार आचार्यज्यूले गरेका छन्।

उदघाटन् समारोहमा सानिमा बैंक लि।का नायब प्रमुख कार्यकारी अधिकृत तेजबहादुर चन्दले बैंकका ग्राहक तथा सरोकारवालालाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरेका छन।

सानिमा बैंकको देशका सातै प्रदेशमा ११४ कार्यालय र ९७ वटा एटीएम सञ्चालनमा रहेको बैंकले जनाएको छ।

prabhu mahalaxmi
kumari