stcnepal long ad
ime life insurance
national life
global ime bank long

एनआईसी एशिया बैंकले डिजिटल कारोबारलाई प्रोत्साहनका लागि चाडपर्वका अवसरमा ‘डिजिटल दशैं’ योजना सार्वजनिक

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । एनआईसी एशिया बैंकले डिजिटल कारोबारलाई प्रोत्साहनका लागि चाडपर्वका अवसरमा ‘डिजिटल दशैं’ योजना सार्वजनिक गरेको जनाएको छ । यस योजना मार्फत बैंकका विभिन्न डिजिटल च्यानल मार्फत कारोबार गर्दा सबैभन्दा धेरै कारोबार गर्ने ग्राहकलाई आकर्षक उपहारदेखि अधिकतम २५ प्रतिशतसम्म क्यास ब्याक तथा छुट प्रदान गरिने बैंकले एक विज्ञप्ती जारी गरि जनाएको छ।

ग्राहकलाई किनमेल गर्न अझ सहज पार्ने उद्देश्य अनुरुप बैंकले डिजिटल कारोबारमा आफ्ना ग्राहकलाई प्रोत्साहन गर्नका लागि विभिन्न सामग्री खरिद गरी बैंकको कार्ड मार्फत ई–कमर्स तथा पीओएस भुक्तानी एवं मोबाइल बैंकिङ (NIC ASIA MoBank) प्रयोगकर्ताले क्यूआर भुक्तानी गर्दा आकर्षक छुट तथा क्यासब्याकको व्यवस्था गरेको जनाएको छ।

बैंकले असोज २१ गतेदेखि कात्तिक २१ गतेसम्म यस बैंकको भिसा कार्डमार्फत पीओएस कारोबार गर्ने ग्राहकलाई अधिकतम २५ प्रतिशतसम्म क्यास ब्याकको योजना ल्याएको छ।

जसअनुसार पहिलो पटक पीओएस कारोबार गर्दा १० प्रतिशत वा अधिकतम रु. ५०, तेस्रो पटक कारोबार गर्दा १५ प्रतिशत वा अधिकतम रु। १२५ र पाँचौँ पटक कारोबार गर्दा २५ प्रतिशत वा अधिकतम रु. २५० सम्म क्यासब्याज अफर रहेको योजना सार्वजनिक गरेको छ।

त्यसैगरी बैंकले नगद कारोबारबाट ग्राहकलाई डिजिटल कारोबारतर्फ प्रोत्साहन गर्ने उद्देश्य लिई असोज २१ गतेदेखि कात्तिक ३० गतेसम्म सबैभन्दा धेरै कारोबार गर्ने भाग्यशाली ग्राहकलाई Palsonic का तर्फबाट ३२ इन्च CG का तर्फबाट माइक्रोवेभ ओभन, Triveni Group का तर्फबाट यासुदा ओभन,Gaia Holiday Home Dhulikhel का तर्फबाट एक जोडीलाई आकर्षक प्याकेज, Hongkook Sarang का तर्फबाट एक जोडीलाई डिनर प्याकेज,Saathimart का तर्फबाट १० जना भाग्यशाली विजेतालाई रु. १ हजारको शपिङ भौचर, Orchid Group का तर्फबाट यस बैंकको कार्डहरु प्रयोग गरी रु. ५ भन्दा बढीको खरिदमा रु. ५०० बराबरको गिफ्ट भौचर र Awei का तर्फबाट एक जनालाई विशेष उपहार प्रदान गरिने जनाएको छ।

चाडपर्वहरूलाई लक्षित गर्दै बैंकले आफ्ना ग्राहकलाई डिजिटल कारोबारतर्फ प्रोत्साहन गर्न बैंकले विभिन्न उपहार योजना सञ्चालन गरिरहेको बेला निम्न लिखित मर्चेन्टमा थप आकर्षक छुट तथा क्यासब्याकको व्यवस्था समेत ल्याएको छ ।

आफ्नो कार्डमा ई–कमर्श भुक्तानी सुविधा नलिएका यस बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ एपमा रहेको iServe मार्फत एवं एप मार्फत सोझै सहज रुपमा आफ्नो कार्डमा ई–कमर्स सुचारु गरी यस योजनाको अधिकतम फाइदा उठाउन सक्नेछन्।

बैंकले मुलुकभर रहेका ३५६ शाखा कार्यालय, ४७३ एटीएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङमार्फत २७ लाख ३६ हजारभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।

prabhu mahalaxmi
kumari