stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

एसईई परीक्षा स्थगित, अर्को मिति पनि तोकिएन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल बिहीबार,६ चैत्र २०७६

काठमाडौं । सरकारले बिहीबार (चैत ६ गते) देखि हुने भनिएको एसईई (माध्यामिक शिक्षा) परीक्षा स्थगित गरेको छ । परीक्षा कहिले हुने भनेर मिति पनि निर्धारण गरिएको छैन । परीक्षाका सम्बन्धमा केही समयपछि जानकारी गराइने सरकारले जानकारी गराएको छ । कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यान दिंदै सरकारले तत्कालका लागि एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको उपप्रधान मन्त्री ईश्वर पोखरेलले जानकारी दिए । यससँगै विश्वविद्यालय तहका अन्य सबै प्रकारका परीक्षाहरु पनि स्थगित गरिएको उनले बताए ।

पोखरेल कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक हुन् । यसअघि समितिको बुधबार दिउँसो बसेको बैठकले भने एसईई परीक्षा नरोक्ने निर्णय गरेको थियो । तर पछि फेरि अर्को निर्णय गरेर यो परीक्षा समेत स्थगित गरिएको हो । यस परीक्षामा ४ लाख ८२ हजार भन्दा बढी विद्यार्थी सहभागी हुँदै थिए ।

यसको सबै तयारी समेत पूरा भइसकेको थियो । संक्रमणको सुरक्षा संवेदनशीलतालाई ध्यान दिंदै परीक्षा स्थगन गरिएको सरकारको भनाई छ ।

 

prabhu mahalaxmi
kumari