citizens life insurance long ad
stcnepal long ad

हिन्दु परम्परा अनुसार पितृपक्ष अर्थात् सोह्रश्राद्ध आजदेखि सकिदै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। हिन्दु परम्परा अनुसार पितृपक्ष अर्थात् सोह्रश्राद्ध आज सकिदै छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म १६ दिनको पितृपक्षमा दिवङ्गत पितृको तिथिमा तर्पण, सिदादान तथा पिण्डदान गरिन्छ ।

चाड पर्व, यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुभन्दा पहिले पितृको श्रद्धासाथ सम्झना गर्ने वैदिक परम्परा छ ।

वडादशैँ र तिहारजस्ता ठूला चाडका अगाडि पर्ने सोह्रश्राद्धले सन्ततिलाई पितृप्रतिको दायित्व बोध गराउनाका साथै पितृ ऋणबाट मुक्त गराएर चित्तशुद्धि गराउँछ भन्ने विश्वास छ ।

सोह्र श्राद्ध सकिएसँगै भोलीबाट बडादशैको नौरथा सुरु हुँदैछ । नौरथासंगै चाडपर्वको चहलपहल पनि शुरु हुँदैछ । नवरात्रको पहिलो दिन भोली घटस्थापना हो ।

IME Life
kumari